पाँचथर– फिदिम नगरपालिका–४ जोरसालमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको प्रहरीले जनाएको छ।
इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीको भनाइ छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका छन्। मृतककी बुहारी आज बिहान सासूससुरा भेट्न त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो। अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन्। गत बिहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेकाले लुटपाटका लागि हत्या भएको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् । घटनाबारे अनुसन्धान गरिरहेकाले प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।