• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उबडखाबडपूर्ण राजनीतिक यात्रा

64x64
शंकर तिवारी शनिबार, जेठ २९, २०७८  २२:४०
1140x725

सुदीर्घ राजनीतिको उबडखाबडपूर्ण यात्रापछि कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री हुने पहिलो नेता बनेका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भइसक्दा पनि उनी को हुन्? भन्ने जिज्ञासा धेरैमा भेटिन्छ। पहाडी जिल्ला तनहुँमा राजनीतिक सामाजिक आन्दोलनका पर्याय रहेका गोवर्धन पोखरेलका छोरा कृष्णचन्द्रले राजनीतिक करिअरका लागि भने नवलपरासी जिल्ला रोजेका थिए।

त्यो उनको युवा जोश, आवेग र आफ्नो परिचय आफै बनाउने हुटहुटीले हिँडाएको बाटो थियो। वीपी कोइरालाकृत उपन्यास तीन घुम्तीकी पात्र इन्द्रमायाले भनेजस्तै उनको तनहुँ छाड्ने निर्णय त्यही हुटहुटीले उठेको डेग थियो। 

राजनीति उनको जीवनमा पारिवारिक विरासत बनेर आएको थियो। त्यो कष्टपूर्ण यात्रामा सहजताको लागि जन्मथलोलाई नै कर्मथलो बनाउने कुरा उनलाई मञ्जुर थिएन। उनका दाजु रामचन्द्र पोखरेल तनहुँ जिल्ला विकास समितिको सभापति र संविधानसभा सदस्य बने। अर्का भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने।

पोखरेलबाट ‘नेपाली’
उनले राजनीति सुरु गर्नेक्रममा पहाडी समुदाय बहुल रहेको अहिलेको पूर्वी नवलपरासी नरोजेर हालको पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रहेको परासीलाई आफ्नो मुकाम बनाए। आफ्नो थर फेरे र कृष्णचन्द्र पोखरेलबाट उनी ‘नेपाली’ बने। के मधेशी के पहाडी सबै नेपाली बराबरी भन्ने समतामूलक सोचका साथ उनले नेपाली थर रोजेका थिए। आफ्नो जीवनको लक्षभेदनका लागि जिल्ला त्यागेर नपुगेका उनले आफ्नो जन्मजात थर समेत त्यागे। यी दुवै निर्णय कुनै लहडी वा संयोगको निर्णय थिएनन्। 

कुनै बेला बालकृष्ण शमशेरले 'शमशेर' छाडेर ‘सम’ थर रोजेका थिए। दयावीरसिंह कंसाकारले खोलेको अनाथ, टुहुरा, असहाय र विपन्न बालबालिका पढ्ने परोपकार हाई स्कूलका विद्यार्थीहरूको थर ‘नेपाली’ राखिन्थ्यो। तर, पश्चिम पहाडको परम्परागत बाहुन परिवारमा जन्मेका कृष्णचन्द्रले नेपाली थर संवरण गर्नु खेलाँची थिएन। त्यो उनको क्रान्तिकारी चेतको उपज थियो।

बहुदलकालदेखि गणतन्त्रकालसम्म नेपाली कांग्रेसको जिल्ला सभापति बनेर उनले काम गरे। पुरानो गाविसको संरचनामा समेत जिल्लाभरि उनी नपुगेको कुनै वडा थिएन, छैन। २०४८ सालको आम निर्वाचनमा उनी परासीलाई केन्द्र बनाइएको संसदीय निर्वाचनको उम्मेदवार बने, नेपाली कांग्रेसको तर्फबाट। तर, उनलाई सफलता मिलेन। 

लामो रेसको घोडा सानो विफलताले आत्तिने कुरा थिएन। त्यसपछि उनलाई संसदीय निर्वाचनको टिकट प्राप्त गर्न २०७० सालसम्म कुर्नुपर्‍यो।

पश्चिम नवलपरासीको जातीय संरचना छिचोल्न खोज्दा त्यहाँको परम्परागत शक्ति संरचनाले उनलाई निकै उकुसमुकुस बनायो। त्यसपछि उनले फेरि पूर्वी नवलपरासीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने निर्णय गरे। पुरानो नवलपरासी जिल्लामा डाँडावारि र डाँडापारि भन्ने शब्द निकै चर्चित छ। उनले डाँडापारिबाट डाँडावारि साइ सारे। तर, बसाई सारेर जरा गाड्नु पहिले नै अर्को राजनीतिक चुनौती आइलाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

बीपीपुत्र शशांकका लागि कुर्बानी 
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनको दाबा नवलपरासी क्षेत्र नम्बर १ बाट हुनेवाला थियो। तर, पारिवारिक विरासतलाई निरन्तरता दिन चाहेका गिरिजाप्रसाद कोइरालाले देशभरिकै कांग्रेसको ‘सेफ जोन’को खोजी गर्दै जाँदा वीपीपुत्र डा शशांक कोइरालाको लागि नवलपरासी क्षेत्र नम्बर १ रोज्न पुगे। यसकारण कृष्णचन्द्र नेपालीले पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको टिकट त्याग्नुपर्‍यो, समानुपातिक उम्मेदवार बन्न उनले नै इन्कार गरे। 

आजीवन राजनीति गरेका नेपालीले भर्खरै व्यावसायिक जीवन बिट मारेर राजनीतिमा प्रवेश गरेका डा शशांक कोइरालालाई आफ्नो कर्मभूमिमा स्वागत गर्दै भनेका थिए, ‘कुनै बेला मेरो पिताजी वीपी कोइरालाको आह्वानमा आफ्नो जीवन उत्सर्ग गर्न तयार हुनु भएको थियो, म अहिले उहाँकै छोरा शशांकका लागि मेरो राजनीति समर्पण गर्न तयार छु।‘ त्यो उनको पार्टीप्रतिको त्याग र लगावको द्योतक अभिव्यक्ति थियो।

झण्डै ६ वर्षपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ३ बाट उनले प्रत्यक्षतर्फ नै उम्मेदवारी दिए। तर, झिनो मतान्तरले पराजित हुनपुगे। देश संघीय संरचनामा गइसकेपछि उनले नवलपरासीको कांग्रेसको राजनीतिक खिचातानीमा आफूलाई शालीन राजनीतिज्ञमा रुपान्तरण गर्दै शशांककै छहारी रोज्न पुगे र शशांक उठेको नवलपरासी क्षेत्र नम्बर १ को (क) बाट उनले २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिए। त्यसबीचमा उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

बौद्धिक नेताको छबि 
जिल्लाको राजनीति गरे पनि कृष्णचन्द्र समसामयिक राजनीति, अन्तर्राष्ट्रिय परिवेश र समाजवादका बारेमा दक्खल राख्ने नेता हुन्। उनी यससम्बन्धी आफ्ना लेख, रचनाहरु जिल्लाका पत्रपत्रिकादेखि काठमाडौंका संचारमाध्यमहरु प्रेषित गरिरहन्छन्। त्यसहिसाबले हेर्दा उनी विचारका समेत नेता हुन्।   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साथीभाइ, कार्यकर्ता र जनताका कुरा सुनेर कहिले नथाक्ने उनी बौद्धिक बहसमा हमेशा सहभागी भइरहन्छन्। कांग्रेसनिकट मानिने देशान्तर साप्ताहिक उनको प्रिय लेखन थलो थियो। कार्यकर्ताहरुलाई समाजवादका बारेमा प्रशिक्षण दिनु उनको अभिरुचिको विषय थियो।

मुख्यमन्त्रीको ताज 
२०७४ सालमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिँदै गर्दा उनलाई एक दिन आफ्नै जन्मभूमिसमेत रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री हुन्छु भन्ने कुनै अनुमान थिएन। तर, २०७७ पुस ५ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रमले उनलाई यो अवसर जुराइदियो। 

मुख्यमन्त्री बन्ने योग्यताका रुपमा उनले शुक्रबार गण्डकी प्रदेश सभाका बहुमत ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका थिए। तर, त्यो हस्ताक्षर छिनोफानो गर्न प्रदेश प्रमुख सीता पौडेललाई पूरै २४ घण्टा लाग्यो। अन्ततः उनले शनिबार बेलुकी कृष्णचन्द्रलाई गण्डकीको मुख्यमन्त्रीमा निक्त गरिन्। 

केपी ओलीको दिग्विजयमा रोक लगाउने र उनका अराजनीतिक हत्कण्डाहरुलाई छिचोल्दै निर्वाचित तानाशाहीको अवतारलाई पहिलो धक्का दिने मुख्यमन्त्री बन्न पुगेका छन् कृष्णचन्द्र। अर्थात् अत्यन्तै चुनौतिपूर्ण समयमा उनले मुख्यमन्त्रीको ताज पहिरिएका छन्।  

संघीय (केन्द्र) सरकारको प्रतिछायाँ मात्र बनिरहेका प्रदेश सरकारहरुलाई केन्द्र सरकारभन्दा अलग हुन् भन्ने अनुभूति दिलाउनेगरी काम गर्नु उनको सबैभन्दा ठूलो चुनौती हुनेछ। संसदीय राजनीतिमा विकृतिको रुपमा रहेका दिपक मनाङे प्रवृतिलाई सरकारमा गराउनुपर्ने बाध्यता उनले पहिलो दिनमै स्वीकार गरिसकेका छन्। 

यो सबैका बाबजुद आफ्नो राजनीतिक इमान्दारिता, निष्ठा, त्याग, प्रतिवद्धता र समर्पणले दिलाएको सफलतालाई उनले गण्डकी प्रदेशलाई नमूना प्रदेश बनाउने कार्यमा लगाउन सकून्। प्रदेश सरकार प्रदेश सरकार जस्तो बनोस्। सत्ता टिकाउने नाममा लोकतन्त्रका न्यूनतम मर्यादाहरूको समेत पालना गरुन्। कृष्णचन्द्र नेपालीलाई कार्यकाल सफलताको शुभकामना।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शंकर तिवारी
लेखकबाट थप
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उबडखाबडपूर्ण राजनीतिक यात्रा
चोलेन्द्र श्रीमानको ‘यू टर्न’ र ‘तमासा’ अन्त्यको संकेत
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्