काठमाडौं– काठमाडौंका सडकमा पैदल हिँड्ने यात्रुको गहना लुटेको आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका–१ घर भइ काठमाडौंको पकनाजोल बस्ने २८ वर्षीय नविन थापा छन्।
प्रहरीका अनुसार थापाले केही दिन अगाडि मात्रै काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेका थिए।
पीडित महिलाले दिएको जाहेरीको आधारमा खोजीमा जुटेको प्रहरीले थापालाई शनिबार बिहान पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ चमती बिनायक बस्तीबाट थापालाई लुटिएको सिक्रीसहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।