काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले विराटनगरको नागरिक केयर सेन्टरलाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ।
कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोगस्वरूप उपलब्ध गराएको हो।
बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूमार्फत् उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।