काठमाडौं- नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञा खुकुलो बनाउँदै लैजान सरकारसँग माग गरेको छ।
नाडाले शनिबार विज्ञप्ति जारी गर्दै खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको कडाइका साथ पालना गराउँदै उद्योग व्यवसायहरू सञ्चालनको वातावरण बनाउन माग गरेको हो।
‘थपिँदो लकडाउन अवधिका कारण अव जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरू भयावह हुने निश्चित नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजानका लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।