काठमाडौं- ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नवनिर्मित एआर एप्लिकेसन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ।
आफ्नै इनहाउस एआई इञ्जिनको प्रयोगमार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको बताइएको छ।
‘ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिनेसम्म समग्र प्रक्रियामा विश्वसनीयताका साथै सहजता पनि प्रदान गर्छ। ओपोले आफ्ना फ्ल्यागसिप स्टोर्समार्फत् सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिलोपटक ओपो स्टाफहरूले कुनै आधिकारिक प्रशिक्षणबिनै स्मार्टफोनमार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रकृतिको निर्माण गर्न सक्षम भएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।