काठमाडौं- शाओमी नेपालले आफ्नो पछिल्लो फ्ल्यागसिप मी ११ सिरिज, सुपर पर्फमर- मी ११ एक्स प्रो र मी ११ लाइट शुक्रबार नेपालमा सार्वजनिक गरेको छ।
‘मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पिकर, आईपी रेटिङ र भव्य नयाँ डिजाइनहरू प्रस्तुत छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मी ११ लाइटले फ्ल्यागसिप लेभलको स्मार्ट फोनको सबै सुविधाहरूलाई अल्ट्रा-लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गरेको जानकारी दिइएको छ। यो कम मूल्यमा हाई-एन्ड स्मार्ट फोन खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।
‘मीमा हामी उत्कृष्ट पर्फमेन्स र स्टनिङ डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबैभन्दा राम्रो ल्याउनमा केन्द्रित छौं, जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन्,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हाम्रो फ्ल्यागसिपको मी ११ सिरिज- मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्देश्य भनेको नेपालमा इन्डस्ट्री-फस्ट क्लास-लिडिङ उत्पादन र प्रविधिहरु भित्र्याउने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।