काठमाडौं- ग्लोकल प्रालिले ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणका लागि आवेदन खुल्ला गरेको छ।
कम्पनीले किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको छ। कार्यक्रमले किशोर किशोरीहरूको कामलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।
सातौं संस्करणको यस कार्यक्रमका लागि शुक्रबारबाट आवेदन खुल्ला गरिएको आयोजक कम्पनीले जानकारी दिएको छ।
गत वर्षझैँ यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल ‘भर्चुअल’ रूपमा आगामी सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत् घोषणा गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।