दशैं भन्नासाथ निधारभरि रातो टीका र कानमा सिउँरिएका जमराको तस्बीर हाम्रो आँखाअगाडि देखापर्छ। हिन्दूहरुको ठूलो चाड दशैंको एउटा विशेषता भनेकै मान्यजनबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने हो।
अधिकांशले दशैंमा निधारमा रातो टीका ढल्काएको सम्झिए पनि जनजाति समुदायमा दशैंमा सेतो अक्षता लगाउने चलन हुन्छ। विशेषगरी, राई, लिम्बू लगायत जनजातिले दशैंमा लगाउने अक्षता सेतो हुन्छ। यो हाम्रो समाजमा रहेको विविधताएको एउटा परिचय हो। हेरौं दशैंमा सेतो टीका निधारमा ढल्काएका केही तस्बीरः






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।