काठमाडौं– बागमती प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बिहीबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
अधिकांश पुरानै कार्यक्रम तथा नारा समेटिएको नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा केन्द्रित छ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत कोभिडका कारण बुबाआमाको मृत्यु भएका परिवारका बालबालिकालाई शैक्षिक र सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ।
स्थानीय तहसँगकोसहकार्यमा मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइने बताइएको छ। साथै, खोप व्यवस्थापनमा सरकार केन्द्रित हुने कार्यक्रममा उल्लेख छ।
त्यसैगरी, कोभिड–१९ विरुद्ध खोप प्रदेशवासीको पहुँचमा पु¥याउन ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी केन्द्रीय सरकारको समन्वयमा अनिवार्य खोपको व्यवस्था गरिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।