काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोन गर्ने एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका ४ घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दिनेश क्षेत्री हुन्।
उनले काठमाडौं महानगरपालिका५ भाटभटेनी चोकमा रहेको सांग्रिलाको एटिएम मेसिन तोडफोड गरेका थिए। तोडफोड गरिरहेको बेला क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।