काठमाडौं– क्रिकेट तथा फुटबलका अन्तराष्ट्रिय प्रतिस्पर्धामा सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। गिरोहका नाइके गौरव तिवारी तथा राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अञ्जन केसीसहितका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो। उनीहरुबाट करिब २ लाख नगद र सट्टेबाजीमा प्रयोग गरिने डिभाइसहरु बरामद गरिएको एसएसपी विश्वराज पोखरेलले बताए।
पक्राउ परेका तिवारी सिटी सेन्टर र सिभिल मलमा १२ डि सिनेमाका सञ्चालक पनि हुन्। पक्राउ परेका फुटबलर अञ्जन उनका प्रमुख एजेन्ट भएको प्रहरीले जनाएको छ। अञ्जन यसअघि म्याच फिक्सिङ मुद्दामा पनि पक्राउ परेका थिए।
पक्राउ पर्ने अन्यमा भुपेन कुँवर, दिनेश बोगटी, विजय श्रेष्ठ र नरेन्द्र श्रेष्ठ छन्।
सो समूहमा आबद्ध गुन्डा नाइके दावा लामा लगायतका व्यक्तिहरु फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।