प्रतिकात्मक तस्वीर
काठमाडौं– ३० लाख रुपैयाँ बढी नगद रकमसहित रौतहट प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
पक्राउ पर्नेमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् । प्रहरीले उनीहरुलाई बुधबार बिहान परोहा नगरपालिका-९ रामपुरखापबाट पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथमा ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको हो।
पक्राउ परेका २ जना र बरामद नगदका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।