काठमाडौं- के एल दुगड समूहले विराटनगरस्थित बसपार्कमा कार्यरत मजदुरहरूलाई खाद्यसामग्री सहयोग गरेको छ। समूहले १०० जना मजदुरलाई दाल, चामल, तेल, नूनलगायत खाद्यसामग्री वितरण गरेको हो।
बसपार्कस्थित दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू कोरोना महामारीका कारण समस्यामा परेपछि राहतस्वरुप खाद्यसामग्री वितरण गरिएको समूहले जनाएको छ। मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा राहत वितरण गरिएको थियो।
समूहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ। उक्त कार्यक्रम असार मसान्तसम्म रहनेछ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ। उक्त सहयोगपछि अस्पातलमा सञ्चालित भोजनालयमा जम्मा २० रूपैयाँमा खाना उपलब्ध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।