डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालीका–२ गजरौलामा आज जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको र घाइतेको उपचारका लागि २ जनालाई डोटी र ६ जनालाई डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याइएको छ।
मृतकको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।