काठमाडौं– आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति लिन पाइने भएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति दिने निर्णय गरेसँगै आजबाट हरेक बुधबार श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो।
कोरोनाको दोस्रो लहरका कारण संक्रमितको संख्या बढेसँगै कार्यालयले भौतिक रुपमा उपस्थित भएर दिने सेवा बन्द गरेको थियो भने यसबीचमा अनलाईनमार्फत श्रम स्वीकृतिको व्यवस्था गरिएको थियो।
वैदेशिक रोजगार व्यवसायीले श्रम गन्तव्य मुलकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै आएको थियो।
व्यवसायीहरुले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न विभागको ध्यानाकर्षण गराएसँगै यसको व्यवस्था गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।