काठमाडौं-आइपिएल लगायतको खेलमा करोडौंको सट्टेबाजीको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। मुख्य नाइके गौरव तिवारीसहितका व्यक्तिहरुलाई काठमाडौं परिसरले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पूर्व फुटबल खेलाडी अञ्जन केसी समेत छन्। उनीहरुले विदेशी गिरोहसँग मिलेर अन्तराष्ट्रिय खेलहरुमा बाजी लगाउदै आएका थिए।
पक्राउ परेका तिवारी लामो समयदेखि यस्तो धन्दामा सक्रिय व्यक्ति हुन्।उनले कमलपोखरीस्थित सिटी सेन्टरमा १२ डि सिनेमा हल चलाउदै आएका छन्। उनको घरबाट प्रहरीले सट्टेबाजीमा प्रयोग हुने समानहरु समेत बरामद गरेको छ।
उनीहरुले च्यापियन्स् लिगको खेलमा पनि करोडौं उठाएको खुलेको छ। उनीहरुबाट करिब २ लाख नगद फेला परेको छ। कारोबारको डिभाइस र प्रमाणहरु समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका अञ्जन केसी यसअघि म्याच फिक्सिङमा समेत पक्राउ परेका थिए। म्याच फिक्सिङ अहिले पनि अदालतमा विचाराधिन छ। अञ्जनले मात्र आइपिएलमा पौने ३ करोड रुपैयाँ उठाएको प्रमाण फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।