काठमाडौं– कैलालीबाट रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन्। संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको सादा पोशाकको विशेष टोलीले रेडपाण्डाको छालासहित एक जनालाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङको देउलेकका २३ वर्षीय अमर धामी छन् । उनलाई कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वनबाट पक्राउ गरिएको संघीय प्रहरी स्रोतले जानकारी दियो।
पक्राउ परेका धामीलाई कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।