बारा- बाराको महागढीमाई नगरपालिका-२ इनर्वा चोकबाट ४९ किलोग्राम अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ औराहा टोल बस्ने ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन्।
बरियारपुरबाट तेलकुवातर्फ जाँदै गरेको ना२ ह ६१०६ नम्बरको अटोरिक्सा तथा नम्बर प्लेट नभएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो जाँच गर्ने क्रममा रिक्सामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद गरेको हो।
मोटरसाइकल चालक अमिरका, रिक्सा चालक रमेश र रिक्सामा सवार राजकुमारलाई रिक्सा र मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उक्त गाँजा बिक्री गर्नका लागि रिक्सामा लुकाई ल्याएको खुलेको छ। उनीहरुउपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।