• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्थानीय तहमा पनि अब मध्यमकालीन खर्च संरचना कार्यान्वयन गरिँदै

64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  १४:१९
1140x725

काठमाडाैं- स्थानीय तहहरुले पनि अब मध्यमकालीन खर्च संरचना बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने भएको छ। मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहमा त्रि-वर्षीय मध्यमकालीन खर्च संरचना कार्यान्वयनमा आउने भएको हो।

स्थानीय तहहरुले हालसम्म वार्षिक बजेट निर्माण गरी त्यसअनुसार राजस्व संकलन तथा खर्च गर्दै आएका थिए। कानुनले मध्यमकालीन खर्च संरचना अनिवार्य गरेको भए पनि हालसम्म कार्यान्वयनमा आएको थिएन। तर, सबै स्थानीय तहले अब तीन वर्षमा प्राप्त हुने स्रोत, गर्नुपर्ने खर्च तथा अपेक्षित नतिजाको प्रक्षेपणसहित मध्यमकालीन खर्च संरचना बनाउनुपर्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सोमबार  ७५३ वटै स्थानीय तहलाई परिपत्र गरी 'मध्यमकालीन खर्च संरचना तर्जुमा दिग्दर्शन २०७८' पठाएको छ। सोही दिग्दर्शनका आधारमा तीन वर्षको खर्च संरचना तयार पार्न मन्त्रालयले आग्रह गरेको छ।

स्थानीय तहको मध्यमकालीन खर्च संरचना निर्माण र कार्यान्वयन नयाँ अभ्यास हो। त्यसैलाई मध्यनजर गरी मन्त्रालयले दिग्दर्शन तयार गरेको जनाएको छ। 'स्थानीय तहको मध्यमकालीन खर्च संरचनालाई सरल, यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन यस दिग्दर्शनमा विषय क्षेत्र/उपक्षेत्रगत नतिजा सूचकको उपलब्धिका आधारमा मध्यमकालीन लक्ष्य निर्धारण गरी विषय क्षेत्र/उपक्षेत्रगत खर्च तथा स्रोतको त्रिवर्षीय अनुमान तथा प्रक्षेपण गर्न सकिने व्यवस्था गरिएको छ,' मन्त्रालयले भनेको छ।

यसैगरी नतिजा सूचक तयार गर्दा स्थानीय तहको आवधिक योजनाका साथै विषय क्षेत्रगत गुरुयोजना, रणनीतिक योजना र दिगो विकास लक्ष्यको स्थानीयकरण समेतलाई आधार लिइएको मन्त्रालयले जनाएको छ। 'यस दिग्दर्शनको उपयोगले स्थानीय तहमा वित्तीय अनुशासन कायम गरी सार्वजनिक खर्चको कुशल र प्रभावकारी व्यवस्थापनको माध्यमद्वारा अपेक्षित नतिजा हासिल गर्न सघाउ पुग्ने विश्वास लिएको छु,' मन्त्रालयका सचिव एकनारायण अर्यालले भनेका छन्।

के हो मध्यमकालीन खर्च संरचना?
मध्यमकालीन खर्च संरचनालाई आवधिक योजना र वार्षिक बजेटबीचको पुलको रुपमा लिइन्छ। यो तीन आर्थिक वर्षको हुन्छ। यसलाई आवधिक योजना र वार्षिक बजेटबीच समाञ्‍जस्य कायम गर्दै प्रभावकारी वित्त व्यवस्थापन गर्ने एक प्रमुख औजारको रुपमा उपयोग गरिन्छ। 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले संघ, प्रदेश र स्थानीय तहले सार्वजनिक आय-व्ययको विवरण प्रस्तुत गर्दा अनिवार्य रपमा तीन वर्षमा प्राप्त हुने स्रोत, गर्नुपर्ने खर्च तथा अपेक्षित नतिजाको प्रक्षेपणसहितको मध्यमकालीन खर्च संरचना तर्जुमा गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन योजना बनाई लागू गर्नुपर्ने व्यवस्था रहेको छ।

मध्यमकालीन खर्च संरचनामा पहिलो आर्थिक वर्षमा बजेटको वास्तविक स्रोत र खर्चको अनुमान हुन्छ भने त्यसपछिका दुई आर्थिक वर्षका लागि स्रोत र खर्चको प्रक्षेपण गरिन्छ। पहिलो वर्षको बजेट कार्यान्वयन भएपछि उपलब्धि समीक्षा गरी बाँकी दुई वर्षको प्रक्षेपित अनुमान परिमार्जन एवम् थप एक वर्षको बजेट प्रक्षेपण गरिन्छ। यसरी मध्यमकालीन खर्च संरचनामा चक्रीय हिसाबले प्रत्येक वर्ष तीन वर्षको बजेटको आंकलन गर्नुपर्ने हुन्छ। यसबाट मध्यमकालीन खर्च संरचनाले बजेट तर्जुमा प्रक्रियालाई बढी यथार्थपरक र वस्तुनिष्ठ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।

nimb
nimb
Ncell 2
Ncell 2
मध्यमकालीन खर्च संरचना तयार गर्न तोकिएको कार्यतालिका र जिम्मेवारी।

मध्यमकालीन खर्च संरचनाको मुख्य उद्देश्य उपलब्ध स्रोत साधनलाई नीति, आवधिक योजना र वार्षिक बजेट तथा कार्यक्रमबीच तालमेल गराई सार्वजनिक खर्च प्रणालीमा वित्तीय अनुशासन कायम गर्नु हो। मध्यमकालीन खर्च संरचनाले आवधिक योजनालाई वार्षिक बजेटसँग र बजेटलाई नतिजासँग आबद्ध गर्दछ।

मध्यमकालीन खर्च संरचनालाई वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियासँगै आबद्ध गरी चरणबद्ध रूपमा तर्जुमा गर्ने व्यवस्था गर्नुपर्ने दिग्दर्शनमा उल्लेख छ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट पेस भएको मध्यमकालीन खर्च संरचनाउपर स्थानीय तहको कार्यपालिकामा आवश्यक छलफल गरी स्वीकृत गर्नुपर्नेछ। यसरी कार्यपालिकाबाट स्वीकृत भएको मध्यमकालीन खर्च संरचनालाई अनुमोदनका लागि वार्षिक बजेट तथा कार्यक्रमको साथमा जानकारीका लागि सभामा पेस गर्नुपर्नेछ।

मध्यमकालीन खर्च संरचनालाई बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियासँगै आबद्ध गरी चरणबद्ध रूपमा तर्जुमा गर्ने व्यवस्था गर्नुपर्नेछ। नेपालको संविधानमा स्थानीय तहहरुले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट सभामा प्रस्तुत गरी पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

यस्तो छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको दिग्दर्शन:

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
त्रिभुवन विश्वविद्यालयमा सीएसआईटी पढ्न चाहने विद्यार्थीको संख्या बढ्यो
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश
सम्बन्धित सामग्री
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार त्यसैगरी, अन्य १५ जना उपभोक्ताहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी १ लाख रुपैयाँ) उपहार प्राप्त गरेका छन्। दुई करोड ५६... शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार यस्तै, अन्य १५ जना उपभोक्ताले एक–एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विज... शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? छापावाल सुनको मूल्य आज प्रतितोला ९ सयले वृद्धि भई २ लाख ९६ हजार ९ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार थियो । शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
त्रिभुवन विश्वविद्यालयमा सीएसआईटी पढ्न चाहने विद्यार्थीको संख्या बढ्यो आइतबार, साउन २४, २०८३
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश आइतबार, साउन २४, २०८३
बालेन प्रधानमन्त्री भएपछि हेलो सरकारले के गर्‍यो ? आइतबार, साउन २४, २०८३
जगत बरामको आरोप : आदिवासी-जनजातिलाई दलहरूले धाेका दिए, संविधान संशाेधनमार्फत माग पूरा गरियोस् आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्