काठमाडौं– २५ लाख रुपैयाँको चिठ्ठा परेको भनेर अनलाईमार्फत २ लाख १० रुपैयाँ ठगी गर्ने समूहका १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल ह्वाट्सएप, ईमोमार्फत २५ लाख रुपैयाँ बराबरको चिठ्ठा (लट्री) पढेको र त्यसका लागि ट्याक्स तिर्नुपर्ने भनी २ लाख १० हजार रुपैयाँ लिएर ठगी गर्ने समूहका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको विरगन्ज महानगरपालिका १८ बस्ने निरज कुमार सिंह छन्।
'तपाईंको नाममा चिठ्ठा परेको छ भनेर' आफूलाई अनलाइनमार्फत ठगी गरेको भन्दै पीडितले निरजविरुद्ध महानगरीय अपराध महाशाखा काठमाडौंमा उजुरी दिएका थिए।
प्रहरीका अनुसार निरज सिंहले आईएमई, ईसेवा लगायतका माध्यमबाट पीडितसँग २ लाख १० हजार रुपैयाँ लिएका अनुसन्धानका क्रममा खुलेको छ।
पीडितको उजुरीका आधारमा अपराध महाशाखाले सिंहलाई पक्राउका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको थियो।
सिंह वीरगन्जमा पक्राउ परेपछि उनीविरुद्ध परेको उजुरी तथा त्यससँग सम्बन्धित कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको महानगरीय अपराधमशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।