काठमाडौं- एलपी ग्यास उद्योग संघले सबै ग्यासमा २० प्रतिशत छुटको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ।
संघले सरकारले बजेटमार्फत् सरकारी ग्यासमा मात्रै छुटको व्यवस्था गरिएको विषय विभेदकारी भएको भन्दै सबै प्रकारको ग्यासमा २० प्रतिशत छुटको व्यवस्था गरिदिन नेपाल आयल निगमसँग आग्रह गरेको हो।
संघले १ प्रतिश मात्रै बजार हिस्सा भएको ग्यासमा २० प्रतिशत छुट दिएर ९९ प्रतिशत ग्राहकलाई अन्याय गरेको विज्ञप्तीमार्फत् जानकारी गराएको छ।
सरकारले भने बजेट २०७८/७९ मार्फत एचटीसी (सरकारी ग्यास)मा मात्रै २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। संघले अन्य ग्यासमा पनि उपभोक्ताले छुट मागेको भन्दै छुटका लागि निगमले सहयोग गरिदिन आग्रह गरेको हो।
नेपालमा अहिले ५८ वटा ग्यास उद्योग छन्। जसमा ३२ वटा उपत्याकामा मात्रै छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।