• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

६ बुँदे मागमा ओलीको ६ बुँदाकै प्रस्ताव : धर्मसंकटमा माधव नेपाल !

64x64
डिबी खड्का आइतबार, जेठ २३, २०७८  २३:२६
1140x725

काठमाडौं- ‘जबसम्म पार्टी एकताका लागि हामीले लिखित रुपमा दिएको पत्रमा उल्लिखित कुराहरु विश्वसनीय रुपमा पूरा हुँदैनन्, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ।‘

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटीले आइतबार दिउसो पारित गरेको प्रस्तावको अंश हो यो। वरिष्ठ नेता नेपालले वैशाख २६ गते राति अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पत्र लेखेका थिए। वैशाख २७ गते ओलीले विश्वासको मत लिँदै गर्दा विश्वासको मत नदिने कारणहरु पनि त्यही ६ बुँदे पत्र थियो र माग पनि तिनै।

त्यतिबेला ओलीले सम्बोधन गर्न आवश्यक ठानेनन्। नेपाल समूह अन्तरसंघर्षमै रहने अनुमानसहित केही समय ललकार्ने ओलीको योजना थियो। तर, त्यसपछि विकास भएका घटनाक्रमले नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न पुग्यो। त्यसले सत्ता संकटमा परेको थियो। आइतबार नेपाल पक्षले ओलीसँगै रहने माहोल नरहेको निर्क्योल निकालेर वैकल्पिक बाटो हिँड्ने प्रस्ताव पास गर्‍यो। त्यसले पार्टी विभाजनको औपचारिक मार्ग समेत तय गरेको थियो।

नेपाल पक्षको यो कठोर कदमले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई झस्काएको छ। आइतबार राति उनले नेपालको त्यही पत्र स्मरण गर्दै ६ वटै बुँदामा एकताका लागि आव्हान गरेका छन्। मुख्य कुरा नेपाल समूहले प्राथमिकताका साथ राख्दै आएको नेकपा एकतापूर्व अर्थात् २०७५ जेठ ३ अघि फर्किने माग पूरा गर्ने प्रस्ताव अघि सारेका छन्। 

नेपालले राखेका ६ बुँदे माग
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने।
३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने।
४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने।
५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने।
६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने। यथासमयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने।

ओलीको ६ बुँदे प्रस्ताव 
१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्।
२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्।
३. सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ।
४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ।
५. यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी-कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।
६. नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ।

यो पनि पढ्नुहोस्

माधव नेपाल पक्षको मागअनुसार ओली जेठ २ मा फर्किन तयारआइतबार, जेठ २३, २०७८

ओलीको पासा कि रियलाइजेसन?
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजनीतिक प्रयोग सरल रेखामा हिँडिरहेको छैन। उनी आफूलाई केन्द्रमा राखेर जुनसुकै तहसम्म पुग्न सक्छन्। विगत चार वर्षयता यो अनुभूति उनका सहयोद्धाले मात्रै हैन, आमजनले पनि गरेका छन्। त्यसैले ओलीले एक्कासी यी प्रस्ताव गर्दा सहज रुपमा लिने भन्दा आशंका व्यक्त गर्नेहरु बढी देखिएका छन्। दुई कदम अघि बढ्न एक कदम पछि हट्ने ओली अभ्यासको निरन्तरताका रुपमा यसलाई लिनेहरु छन्। 

नेपाल पक्ष विकल्पको बाटो हिँड्न खोजिरहेका बेला ओली सम्मुख केही संकट छन्। पहिलो त उनको सत्ता संकटमा छ। दोस्रो, पार्टी विभाजनको अपजस आफ्नै टाउकोमा आउने र तेस्रो, ओलीसँगै रहन चाहनेका लागि पनि उपयुक्त बहानाको अभाव छ। त्यसैले ओली बाध्य भएर यहाँ आइपुगेको देखिन्छ। जेसुकै भएपनि एमालेको एकता कायम देख्न चाहनेका लागि भने उनी आफू हदैसम्म लचक बन्न तयार रहेको सन्देश दिन सफल भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यता भएको उल्लेख गरेका छन्। ती मान्यताको खोजी गरिहिँडेको नेपाल समूहका लागि यो भन्दा शुभसमाचार अर्को हुन सक्दैन। यदि ओलीले भनेजस्तै गर्ने हो भने एमाले एक रहने ठाउँ निर्माण भएको छ।

ओलीको भनाई छ, 'राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनशायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरु समाधान हुन नसक्ने म कुनै कारण देख्दिन। त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ।' एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक रहेको उनले औंल्याएका छन्। एकताको पक्षमा निरन्तर पहल गर्नेहरुका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न अघि सरेको उल्लेख गरेका छन्।

एमालेको आन्तरिक जीवनमा समस्या देखा पर्दा पार्टी पङ्क्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधर आम जनसमुदाय समेत चिन्तित भएको उनको रियलाइजेसन छ। तर, के यो सबै उनको रियलाइजेसनको नतिजा हो त? के ओलीले सबै कुराको रियलाइजेसन गरेर साँच्चिकै एमालेको एकताका लागि यो कदम चालेका हुन्? नेपालपक्षका नेताहरुले भने यसलाई अर्को पासाको रुपमा बुझेका छन्। नाम उल्लेख गर्न नचाहने नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले आइतबार राति नेपाल लाइभसँग भने, ‘अहिलेका लागि यति बुझ्नुस् यो अर्को पासा हो। हामी भोलि यसबारे आफ्नो धारणा सार्वजनिक गर्नेछौं।‘

यो पनि पढ्नुहोस्

अन्ततः एमाले फुटतर्फ : नेपाल पक्षले गर्‍यो वैकल्पिक बाटोमा जाने निर्णयआइतबार, जेठ २३, २०७८

नेपाललाई  धर्मसंकट !

Xtrem

Xtrem

एमालेमै उमेर गुजारेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना यतिबेला पार्टीबिहीन छन्। एमाले नै सुदृढ बनाउने चाहना हुनु स्वभाविक हो। तर, परिस्थितिले बनाएको फरक बाटोले अन्तै पुर्‍याउने अवस्था आइपुगेको थियो। 

ओलीको प्रस्तावले उनीहरुलाई स्वभाविक रुपमा सकारात्मक अनुभूति भएको हुनुपर्छ। पार्टी जीवनका विषयमा उनीहरुले राखेका  मागको सम्बोधन लगभग भएको छ। तर, नेपाल पक्ष यहाँ भन्दा केही अघि बढेको छ। प्रधानमन्त्रीमा देउवालाई समर्थनको कारण यही मात्रै होइन। प्रधानमन्त्री ओलीको संसंद विघटनविरुद्ध उनीहरुले पहिले पनि आन्दोलन गरेका हुन्, अहिले पनि। 

आइतबार मात्रै पारित प्रस्तावमा ओलीमाथि आरोप छ, 'प्रधानमन्त्री केपी ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ वाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि आक्रमण गरे। यस सिलसिलामा दुई–दुई पटक असंवैधानिकरुपमा प्रतिनिधि सभा विघटन गरिएको, अध्यादेश मार्फत शासन चलाउन खोजिएको र राष्ट्रिय हितमाथि घात गरिएकाले संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरुसंग सहकार्यका साथ अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ।'

ओलीले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन्। तर, नेपाल पक्षले त्यसलाई नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधि सभाको रक्षाका लागि हस्ताक्षर गरेको बताएको छ।  

एमाले २०७५ जेठ २ मा फर्किने वित्तिकै नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधि सभाको रक्षा हुन्छ त?  विधि-पद्धतिलाई मूल थेगो बनाइरहेका वरिष्ठ नेता नेपालमाथि सार्वजनिक रुपमा औंला यसरी पनि उठ्नेछन्।  त्यो नैतिक संकटका सामू एमालेमा आएको संकटको आकारलाई उनले कुन रुपमा लिन्छन्? यसलाई पासा विश्लेषण गर्छन् वा प्रस्तावका रुपमा? एमाले एकता या औपचारिक फुट, कुरा यहीँ आइपुगेको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन् । शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले प्रशासनलाई कानुनअनुसार चल्न नदिई आदेश पालकका रूपमा सीमित गर्न खोजेको... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्