• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाल पक्षको मागअनुसार ओली जेठ २ मा फर्किन तयार

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  २१:१९
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउन राजी भएका छन्। 

आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसँग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका हुन्। 

त्यसका लागि माधव नेपाल पक्षका तत्कालीन सांसदहरुले संसद पुन:स्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश जारी हुनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त पनि ओलीले अगाडि सारेका छन्।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित उनको पक्षका अन्य नेतामाथि भएका कारबाही पनि फिर्ता लिइने प्रतिवद्धता जनाएका छन्। 

आफू जहिले पनि कम्युनिस्ट एकताको पक्षमा रहेको बताउँदै ओलीले भोलिका दिनमा पनि यसैका लागि क्रियाशील रहने बताएका छन्। 

अहिले एमालेको आन्तरिक राजनीतिक जीवनमा समस्याहरु देखा परेको उल्लेख गर्दै ओलीले समस्या समाधान गर्ने र पार्टी एकतालाई रक्षा गर्न ६ बुँदे प्रस्ताव अगाडि सारेका छन्। 

प्रस्तावको पहिलो नम्बरमा उनले एमालेलाई माओवादी केन्द्रसँग एकता हुनु अगाडि २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताएका छन्। यद्यपि सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार तत्कालीन नेकपाको एकता भ‌ंग भएपछि आफूलाई साथ दिँदै एमालेमा आएका माओवादीका नेताहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने पनि ओलीको प्रस्ताव छ। 

ओलीले दोस्रो बुँदामा मातहतका पार्टी  कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने प्रतिवद्धता पनि जनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउने निष्कर्ष कार्यान्वयन गर्दा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने पनि ओलीले तेस्रो बुँदामा प्रस्ताव गरेका छन्। 

प्रस्तावको तेस्रो बुँदामा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेता (शेरबहादुर देउवा)लाई  प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त अगाडि सारेका छन् ।

पाँचौं बुँदामा ओलीले बीचमा ओलीले विभिन्न नेतालाई गरिएको कारबाही फिर्ता हुने बताएका छन्।  

छैटौं बुँदामा ओलीले नेकपा (एमाले) लाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै नेताहरुबाट रचनात्मक योगदान हुने अपेक्षा राखेका छन्। 

आइतबार मात्र नेपाल पक्षले ओलीले पार्टी एक बनाउन नचाहेकाले एकताका सबै प्रयास असफल भएको निष्कर्ष निकाल्दै अब बैकल्पिक बाटो तय गर्ने घोषणा गरेको थियो। स्थायी कमिटी बैठकबाट यस्तो निर्णय गरेको नेपाल पक्षले देशभरका नेता र कार्यकर्तालाई एकताको भ्रममा नपर्न र सशक्त संगठन निर्माण गर्न समेत निर्देशन दिएको थियो। यस्तो निर्णय आएको केही घण्टामै ओलीले आफूले एकता बचाउन चाहेको सन्देश दिनेगरी सार्वजनिक आह्वान गरेका छन्। उनले नेपालपक्षले उठाएका बुँदागत अडानलाई पनि त्यसैगरी बुँदागत रुपमै सम्बोधन गर्ने प्रयत्न गरेको देखाएका छन्।

 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको... आइतबार, असोज ४, २०८३
पूर्वमन्त्री कार्की कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन सुनसरीको बराह क्षेत्र वडा नं १० बाट उनी चयन भएका हुन् । आइतबार, असोज ४, २०८३
नेपाली कांग्रेस १५औँ महाधिवेशन: अछामका ९१ वटै वडामा अधिवेशन भव्यताका साथ सम्पन्न अधिवेशन समापनका अवसरमा आइतबार मंगलसैन नगरपालिका वडा नं. ५ का नवनिर्वाचित प्रतिनिधिहरूलाई केन्द्रीय निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
पूर्वमन्त्री कार्की कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्