काठमाडाैं- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएकाे छ।
निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै आज राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएकाे जानकारी दिएकाे हाे।
निगमका अनुसार साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाइ नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ प्रतिकिलो लिटर कायम गरिएको हाे।
निगमको इन्धन मूल्य निर्धारण नीति अनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ।
यस नीतिका कारणले गर्दा आजको मितिमा अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफा करिब ४० प्रतिशतसम्म रहेको थियाे। उक्त नाफा यसभन्दा अगाडीको आर्थिक वर्षको सामान्य बिक्रीको अवस्थामा करिब ७० प्रतिशतसम्म रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।