काठमाडौं- एनएमबि बैंकले विद्युतीय सवारीसाधन र साइकल कर्जा गरी दुई वटा छुट्टाछुट्टै कर्जा योजना ल्याएको छ। बैंकले विश्व वातावरण दिवसको अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो।
एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्ने बैंकले जानकारी दिएको छ। साथै, ८० प्रतिशतसम्म फाइनान्सिङ, सात वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफरसमेत उक्त योजनामा दिइने बैंकले जनाएको छ।
यसैगरी माउन्टेन बाइक बिक्रेताहरूसँगको सहकार्यमा जुन महिनाभरि शून्य प्रतिशत ईएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना बैंकले ल्याएको छ।
यसअन्तर्गत एनएमबिका ग्राहकहरूले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काडमाडौं बाइक स्टेसन पानीपोखरी, साइकल ल्याण्ड, काडमाडौंबाट माउन्टेन बाइकहरू ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।