काठमाडौं- सामाजिक सुरक्षा कोषमा आबद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत् सीधै रकम जम्मा गर्न सक्ने भएका छन्। खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो।
खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेपछि उक्त सेवा कार्यान्वयनमा आएको कम्पनीले जानकारी दिएको छ।
यसअन्तर्गत अब कोषमा सरकारी र निजी कार्यालयमा कार्यरत दुवै किसिमका कर्मचारीले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी गर्न सक्नेछन्। उक्त रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ। समयमा भुक्तानी नगरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दाबी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्ने कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।