काठामाडौं– महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षाक (डीएसपी) दीपक खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।
डीएसपी खड्कालाई वृत्त प्रमुखको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित हुन भनिएकाले उनी काठमाडौं परिसर हाजिर भइसकेका छन् ।
उनलाई जिम्मेवारीबाट हटाउनुको कारण भने काठमाडौं परिसरका प्रवक्ता तथा एसपी रमेश बस्नेतले खुलाउन चाहेन् । ‘केही कुरा बुझ्न भनेर परिपर झिकाइएको हो। कोही डिएसपी जिम्मेवारीबाट हट्नु अर्को आउनु ठूलो कुरा भएन’, प्रवक्ता बस्नेतले नेपाल लाइभसँग भने ।
केही कुरा बुझ्नका लागि झिकाइएको बताए पनि उक्त कुरा भने प्रवक्ता बस्नेतले खुलाउन चाहेनन् ।
कार्यसम्पादन सन्तोषजनक नभएको र निषेधाज्ञा पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको गुनासो आएपछि उनलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोत बताउँछ । उनको ठाउँमा अहिलेसम्म अन्य कुनै डीएसपीलाई भने खटाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।