वीरगन्ज– अवैध वित्तीय कारोबार (हुण्डी कारोबार) गरेको आरोपमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्जबाट १ जनालाई नगदसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्ता छन्। प्रहरीले उनलाई वीरगन्ज महानगरपालिका–१६ इनर्वा चोकबाट पक्राउ गरेको हो ।
बा २८ प ५७५८ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट आइरहेका उनलाई चेकजाँच गर्दा नगद रकम फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। प्रहरीले उनको साथबाट नगद ३ लाख रुपैयाँ बरामद भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार गुप्ताले आफ्नो अण्डरवेयरमा ३ लाख रुपैयाँ लुकाएका भेटिएको हो। पक्राउ परेका गुप्ताविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।