काठमाडौं– अवैध उत्खनन् रोकेपछि रुपन्देहीका एक प्रहरी निरीक्षक (इन्सपेक्टर)को हाजिर भएको २८ दिनमै सरुवा भएको छ। वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कार्यरत इन्सपेक्टरको हाजिर भएको छाेटाे समयमै सरुवा भएको हो।
गत वैशाख १० गते वडा प्रहरी कार्यालयमा हाजिर भएका कृष्णप्रसाद घिमिरेको जेठ ६ गते प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको थियो। आफ्नो वडा मातहतका ठाउँमा नदीजन्य सामग्रीको अवैध उत्खनन् भएपछि उनले कडाइका साथ रोक लगाएका थिए। अवैध उत्खनन्मा प्रयोग भएका ट्रयाक्टर, टिपरलगायतलाई उनले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएका थिए। अवैध उत्खनन् गर्ने सवारीलगायतबाट २८ दिनमै ६ लाख राजस्व समेत उठेको थियो।
अवैध उत्खनन्लाई कडाइका साथ रोकेका उनै घिमिरेको २८ दिनमै सरुवा भएको छ। सामान्यतया सरुवा भएको एक वर्ष नपुगी सरुवा नगर्ने प्रचलन भए पनि घिमिरेको भने सरुवा भएको छ।
यसबारे रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसी भने इन्सपेक्टर सरुवाको अधिकार आफूलाई नभएकाले कारण यही हो भन्न नसक्ने बताए। इन्सपेक्टर सरुवाको अधिकार हेडक्वाटसँग छ। किन सरुवा भयो भन्न भनेर मैले भन्न सक्ने अवस्था छैन,’ एसपी केसीले भने।
इन्सपेक्टर घिमिरेलाई त्यहाँबाट सरुवा गराएर प्रदेश प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ। रुपन्देही प्रहरीले निषेधाज्ञा सुरु भए यतामात्रै अवैध उत्खनन्मा संलग्न ८० भन्दा गाडी नियन्त्रणमा लिइसकेको छ।
घिमिरेभन्दा अघि कार्यरत रहेका इन्सेक्टर राजेन्द्र अधिकारीले भने उक्त कार्यालयमा २७ महिना बिताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।