• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पारिस्थितिक प्रणालीको पुनर्स्थापना गरौं

64x64
गंगाराज अर्याल शनिबार, जेठ २२, २०७८  २३:१४
1140x725

संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन ५ तारिखमा विश्वभरीका मुलुकहरुमा ‘पारिस्थितिक प्रणालीको पुनस्र्थापना’ (Ecosystem Restoration) भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाउने गरिन्छ। त्यसैले आज नेपाल सरकारद्वारा पनि विश्व वातावरण दिवस मनाउन लागिएको हो। 

वातावरण के हो ? 
जैविक परिवेश नै वातावरण हो। अर्थात् जल, वायु, माटो, पानी, जीवजन्तुद्वारा पार्ने प्रभावलाई समग्रमा वातावरण भनिन्छ। त्यसैले, वातावरणले आफ्नो वरिपरिका जीवको शारीरिक, रसायनिक पक्षलगायत मानवीय गतिविधिको सृजना एवम् प्रभाव पार्दछ। विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ‘कुनै पनि ब्यक्ति, वनस्पतिलगायतका जीवको स्वास्थ्य संग सम्बन्धित वाह्य जैबिक तथा शारीरिक, रासायनिक, सबै आचरण एवम् कारकहरुसंंग वातावरणको सम्बन्ध हुन्छ।’ मानिसमा लाग्ने विभिन्न रोग, चोट र असक्तता उनीहरुको वातावरणबीचको आपसी सम्बन्धमा आधारित हुन्छन्। त्यसैले प्राकृतिक पक्ष र मानव निर्मित बातावरणसंग जनस्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध छ। 

पारिस्थितिक प्रणाली भन्नाले कुनै पनि जीवको शारीरिक वातावरणमा पर्ने प्रभाव वा असर नै पारिस्थितिक प्रणाली भनिन्छ। अर्थात् जैविक पर्यावरणसँग अन्तरसम्बन्ध राख्ने पद्धतिलाई नै पारिस्थितिक प्रणाली (भ्अयकथकतझ) भन्न सकिन्छ। 

ऐतिहासिक पृष्ठभूमि 
स्टकहोम सम्मेलनको पहिलो दिन मानवीय वातावरणमा भएको अन्तर्क्रिया तथा बहस बमोजिमसन् १९७२ मा स्थापितसंयुक्त राष्ट्रसंघीय साधारण सभामा विश्व वातावरण दिन मनाउने निर्णय भएको थियो। त्यसको दुई वर्षपछि अर्थात् सन् १९७४ मा पहिलो पटक ‘एकमात्र पृथ्वी’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाउने थालनी भएको थियो। सन् १९८७ सम्म वर्षेनी मनाइने विश्व वातावरण दिवस सन् १९८७ पछि भने पालैपालो मनाउन विभिन्न देशहरुलाई जिम्मेवारी दिइयो। विश्वभरमा २३ प्रतिशत मानिसको मृत्यु वातावरणका कारणसँग जोडिएको छ। विश्वभरीका ७० लाख मानिसको मृत्यु वायु प्रदूषणले गराउँछ। 

वातावरणीय प्रदूषण 
वातावरणमा दूषित पदार्थहरुको मिश्रणले यसको प्राकृतिक स्वरुप र विशेषताहरुमा परिवर्तन ल्याउँछ। 

यसबाट श्वासप्रश्वास रोग लगायत सरुवा र नसर्ने रोगका साथै क्यान्सरसमेतकोविश्वव्यापी रुपमा वृद्धि हुँदै गएको छ। वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर गर्ने कारकहरूमध्ये वायु प्रदूषण मुख्य हो र मानव स्वास्थ्यको लागि एक प्रमुख जोखिम देखिएको छ। हवामा २.५ माइक्रोमिटर भन्दा कम व्यास (ए:२.५) कार्बन मोनो ओक्साइड र नाइट्रोजन डायोओक्साइड मिसिएको प्रदूषित कणका अत्यधिक प्रवेशले बालबालिकाहरुमा तल्लो र माथिल्लो श्वास–प्रश्वास प्रणालीमा असर गर्न सक्ने र वयस्कहरुको स्वास्थ्यमा पनि दीर्घकालीन असर गर्दछ। तीब्र रुपमा जनसंख्या वृद्धि, अनियोजित सहरिकरण, औद्योगिक र सवारी साधनहरुवाट निस्कने धुवाँंका कारण नेपालका प्रमुख शहरहरू अस्वस्थ्यकर बन्दै गएका छन्। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढाउने कारक तत्वहरुमा नीति तथा कार्यक्रमहरूको अनुचित कार्यान्वयन पनि प्रमुख रहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रतिवेदन २०१५ अनुसार केही स्थानहरुमा विशेष अवस्था र अवधिमा वायु प्रदूषणको अनुगमन गर्ने बाहेक निरन्तर वायुको गुणस्तर अनुगमन भएको छैन। वातावरण प्रदूषणले विशेष गरी वायु पानी र माटोलाई असर गर्छ जसका कारण मानवीय स्वास्थ्यमा यसको प्रतिकूल असर बढ्दो रुपमा देखिएको छ। 

वातावरण दिवसको महत्व
वायु, पानी तथा माटो प्रदुषित गर्न सक्ने रसायनहरुजीवनका अभिन्न भाग हुन्।तीमध्ये केही प्राकृतिक र कतिपय बिशेष प्रयोजनका लागि उत्पादन भएका छन। जवकि अन्य केही भने नचाहिदा निर्माणको क्रममा उत्पादन भएका छन्। हानीकारक रासायनहरु हावा, कार्यक्षेत्रमा र केही पानीमा र माटोमा पनि छन्। खानेकुरा खाँदा, सम्पर्कमा आउदा, श्वासप्रश्वासका माध्यमबाट हानीकारक रासायनसग  सम्पर्क हुन्छ।  सन २०१६ मा यस्ता बिभिन्न रासायनिकको कारणबाट १६ लाखको मृत्यु भएको थियो। हानिकारक रसायनहरु मध्ये वातावरणीय स्वास्थ्यसंग सम्बन्धित रसायनको निम्नानुसार विवेचना गर्न उपयुक्त देखिन्छ। 

वायु प्रदूषण
जलाउने फोहरलाई सिफारिस गरिएको (२००–४०० डिग्री सेलसियस) भन्दा कम तापमा जलाउँदा, अथवा पोलिभिनायल भएको प्लास्टिक (ब्लड ब्याग, प्mलुइड ब्याग) जलाउँदा उडेको वा पिंधमा रहेको खरानीमा डाइअक्सिन, प्mयुरानजस्ता अर्गानिक वायुप्रदूषक तत्व रहेका हुन्छन्। जो वातावरणमा नटुक्रीकन खाद्य शृंखलामा पुग्छन्। यी बिषालु पदार्थको मानव शरीरमा प्रवेश खानाकै माध्यमबाट हुन्छ। थोरै थोरै मात्रामा भए पनि लामो समयसम्म यस्ता तत्वले मानव शरीरमा प्रवेश पाउँदा रोग प्रतिरोधी क्षमता, स्नायु प्रणाली, इन्डोक्राइन प्रणाली तथा प्रजनन प्रणालीलाई समेत असर गर्दछ। छोटो समयमा धेरै मात्रा पर्‍यो भने त छाला र कलेजोमा असर गर्दछ। यसको मापदण्ड ०.१ नानो ग्राम प्रति विषाक्त सामान्य प्रति क्यूबिक मिटर बराबर (प्रूस–उस्टून १९९९) हो। यस प्रकार डाइअक्सिन, फ्यूरान तथा पारोको उत्सर्जन हुनु वातावरण तथा स्वास्थ्यका लागि ठूलो चुनौती हो। फोहरलाई न्यूनीकरण गर्ने तथा वातावरणमैत्री प्रविधि अपनाउने जस्ता कदम चालेर यस्तो उत्सर्जन न्यूनिकरण गरिनु पर्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

वायु प्रदूषण
मानव स्वास्थ्य र संरक्षणमा प्रभाव, वनस्पति र जनावरहरुमा प्रभाव, सामाग्री र संरचनाहरुमा प्रभाव, वायुमण्डल, माटो र पानीमा असर गर्नाले जनस्वास्थ्यमा असर गर्ने तत्वमध्ये सल्फर डायोअक्साइड, ओजन,हाइड्रोकार्वन वाफहरु, धुलो, खरानी उडनु, कुइरो,प्राकृतिक र मानव निर्मित पदार्थहरु जस्तै माटोका कण, गन्धक, ध्वाँसो, सिसा, अम्लीय पदार्थ आदि प्रमुख हुन्। वायु प्रदूषणका श्रोतहरुमध्ये सवारी साधन, कलकारखाना, शक्तिशाली आयोजनामा चलाइने यन्त्रहरु, ग्याँस केन्द्र, आगलागी, ज्वालामुखी, वाह्य मुलुकको प्रदूषण आदि मुख्य छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम काठमाडौंंमा बायुको गुणस्तर मापदण्ड भन्दा ५ गुणा बढी प्रदूषण छ। 

काठमाडौंमा बायु प्रदूषणका स्रोतहरुमा हालको अध्ययन अनुसार (पी.एम २.५०मासवारी साधन ३१ प्रतिशत, माटो धुलो २६ प्रतिशत, वयोमासरजलेको फोहर २३ प्रतिशत, इटा–भट्टा १५ प्रतिशत र अन्य ५ प्रतिशत पाइएको छ। 

वायु प्रदूषण स्वास्थ्यका लागि ठूलो जोखिम 
२.५ मिलिमिटरभन्दा साना कणहरु फोक्सोभित्र प्रवेस गर्दछन् र शरीरलाई असर निम्त्याउँछ। जस्तै: ह्रदय घात, श्वासप्रश्वाससम्बन्धी रोग, न्युमानिया, क्यान्सर,  बच्चा जन्मनु अघि नै वायु प्रदूषणबाट स्वास्थ्य जोखिम हुन्छ। बालबिालिकामा फोक्सोको कार्यमा अवरोध, दम, अधिक खोकी, मुटु सम्बन्धि रोगको शुरुवात हुन्छ भने बयस्क र वृद्धमा दम, मुटु सम्बन्धी रोग, दीर्घकालीन रोग, मधुमेह, फोक्सोको क्यान्सर आदि हुन्छन्। 

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को प्रतिवेदन अनुसार नेपालमा विभिन्न परिवेस र वायु प्रदुषणमध्ये बाह्य वायु प्रदुषणवाट २१, ९०८ जनाको मृत्यु भएको थियो भने घरभित्रको प्रदुषणवाट२३,३९७ जनाको मृत्यु भएको थियो। 

Xtrem

Xtrem

पानी प्रदूषण
मानिसलाई लाग्ने विभिन्न रोगहरुमध्ये दूषित पानी र सरसफाइको कमी एक प्रमुख हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विद्यमान सरुवा रोगहरुमध्ये करिब ८० प्रतिशत रोगहरु फोहर पानी र सरसफाइको कमीले गर्दा लाग्छन्। उदाहरणका लागि २०६५/६६ मा सुदूरपश्चिम र कणौली प्रदेशका १६ भन्दा बढी जिल्लामा फैलिएको झाडापखाला महामारीलाई लिन सकिन्छ। जसले गर्दा करिब ३०० जनाको मृत्यु भएको थियो। साथै वर्षेनी वर्षाको मौसममा देखिने विभिन्न राउगबाट धेरै मानिस आक्रान्त हुने गर्छन्। 

प्रदूषित पानी तथा फोहरबाट प्रदूषित खानाबाट झाडापखाला, हैजा, आउँ, कमलपित्त, टाइफाइड, जुकाजस्ता सरुवा रोगहरुका कारणले विश्वका कैयौं मानिसले ज्यान गुमाउनु परेको छ। नेपालमा वर्षेनी १० हजारभन्दा बढी बालबालिका विरामी भई मृत्युको शिकार हुने गरेका छन्। सुरक्षित खानेपानीको सेवन गरेमा ३९ प्रतिशतभन्दा बढी झाडापखालासम्बन्धी रोगमा कमी आउँछ। नुहाउने पानी प्रदूषित भएमा लुतो, दाद, खटिराजस्ता छालाजन्य रोग र ट्रकोमा रोग लागेर दीर्घ रोगी हुनुपर्छ। त्यसैगरी प्रयोग गरी खेर गएको पानीको उचित विसर्जन नगरिएमा जमेको पानीमा लामखुट्टेको वृद्धि विकास भई औलो, हात्तिपाइले रोग, डेंगुजस्ता कीटजन्य रोग लाग्न सक्छन्। अर्कोतिर कतिपय स्थानको पानीमा पाइने आर्सेनिक कम्पाउण्ड लामो समयसम्म सेवन भएमा छालाका विभिन्न रोग निम्त्याउँछ।

 
माटो प्रदूषण

माटो प्रदूषणले विषाक्त पदार्थहरूको माध्यमबाट माटोलाई प्रदूषित गर्छ। उदाहरणको लागि, बेञ्जीनको उच्च संक्रमण भएको माटोमा रक्त क्यान्सरको जोखिम बढाउँछ। अनियन्त्रित माटोमा एक वा बढी त्यस्ता विषाक्त पदार्थहरूमा हानीकारक जीवाणुहरू पर्याप्त मात्रामा भएको माटोलाई प्रदूषित भनिन्छ। कृषिमा कीटनाशकको अत्यधिक र अनुचित प्रयोग, अत्यधिक औद्योगिक गतिविधि,अनुचित र अनुपयुक्त व्यवस्थापन मध्ये एक हो। सबैभन्दा खतरनाक माटो प्रदूषकहरू जेनोबायोटिक्स पदार्थहरु हुन्, जुन प्राकृतिक रूपमा फेला पर्दैन तर मानव द्वारा संश्लेषित हुन्छन्। धेरैजसो जेनोबायोटिक (हभलयदष्यतष्अ) क्यान्सरजन्य हुन्छन्। माटो प्रदूषण गराउने विषाक्त धातुहरूमाआर्सेनिक,पारो, लीड, जिंक,क्याडमियम,सेलेनियम,बेरेलियम,थैलियम, क्रोमियम, तामाआदि धातुहरू खनिज, कृषि कार्य, विद्युतीय र चिकित्साजन्य फोहोर जस्ता धेरै स्रोतहरूबाट उत्पत्ति हुन सक्छन्। 

त्यस्तै, माटोमा औद्योगिक फोहर चुहिंदा/पोखिदा माटो प्रदूषण हुन सक्छ। क्लोरीनयुक्त औद्योगिक साल्भेन्टहरू, डाइअक्सिन्स कीटनाशकको निर्माणबाट र फोहरको भष्म, प्लास्टिसाइजर र डिस्पेरन्टहरू, पेलिक्लोरिनेटेड बाइफेनाइल्स आदि पमुख मानिन्छन्। पेट्रोलियम उद्योगले धेरै पेट्रोलियम हाइड्रोकार्बन फोहोर उत्पादन गर्दछ। यीमध्ये केही फोहोरहरू, जस्तै बेञ्जीन र मिथाइलबेन्जीन, प्रकृतिमा क्यान्सरजन्य हुन्छन्। कीटको नियन्त्रणमा कीटनाशक पदार्थको प्रयोग गरिन्छ। कृषिमा प्रयोग हुने हर्बिसाइड्स,कीटनाशक र फङ्गिसाइड्स प्रयोग गरिन्छ। महत्वपूर्ण माटो प्रदूषक पदार्थहरूमध्ये जडिबुटी (ट्रायजाइन्स, कार्बामाइट्स, एमाइड्स, फेनोसेलिक एसिड रएलिफेटिक एसिड) पर्दछन्। त्यसैगरी कीटनाशक अर्गानोफस्फेट्स, क्लोरीनयुक्त हाइड्रोकार्बन, आर्सेनिक युक्त यौगिकहरू, पाइरेथ्रम) रसायनहरूले मानवलाई धेरै जोखिम पुर्‍याउँछन्। कीटनाशकसँग सम्बन्धित स्वास्थ्य जोखिमहरूमा केन्द्रीय स्नायु प्रणालीका रोगहरू, प्रतिरक्षा प्रणालीका कमजोरी, क्यान्सर, र जन्म दोषहरू पर्दछन्। 

प्रक्रियाबाट उत्पन्न माटो प्रदूषण :प्राकृतिक रूपमा केही अत्यन्त दुर्लभ प्रक्रियाहरु अपनाउँदा केही प्रदूषकहरू प्राकृतिक रूपमा माटोमा सञ्चित हुन्छन्। वर्षामा पानीसंगै माटो प्रदूषकहरूको ढुवानी मार्फत हुन्छ। उदाहरणमा केही सुक्खा इकोसिस्टममा पर्क्लोरेट आयन (ClO4–) युक्त यौगिकहरु को संचय हो। वातावरणीय प्रभावमा केही दूषित पदार्थहरू प्राकृतिक रूपमा माटोमा उत्पादन गर्न सकिन्छ। जस्तै मेघ गर्जनको बेला क्लोरीन र केही धातु भएको माटोमा परक्लोरेटहरू मिसिन सक्छ। 

त्यस्तै मानव सिर्जित माटो प्रदूषण विभिन्न मानवीय गतिविधिहरूले हुन सक्छ। जस्तै : पुरानो भवनहरू भत्काउँदा, निर्माण सुधार कार्य, यातायातको साधन गुड्दा पेट्रोल र डिजेलको स्पाइलेज, धातु गलाउने वा काट्ने कारखाना, भूमिगत उत्खनन गतिविधिहरू, रासायनिक कीटनाशकहरूको अत्यधिक र अनुपयुक्तप्रयोग, सहरी क्षेत्रहरूमा उत्पादित फोहोर, आणविक, विद्युतीय फोहर र कोइलाको खरानी आदिले माटोलाई प्रदूषण गर्छन्। 

रासायनिक प्रदूषण : सिसा (Lead)
व्यापक रुपमा प्रयोग भएको धातु हो। यसको बार्षिक खपत प्रति वर्ष ७.१ लाख टन छ। यो ४५ प्रतिशत पुन: प्रशोधन बाट प्राप्त हुन्छ। बिश्वमा ७८ प्रतिशत सिसाबेट्री उत्पादनको लागि खपत हुन्छ।

  • मानव स्वास्थ्यमा हून सक्ने जोखिमका स्रोतहरु: सिसायुक्त प्रज्वलनशील पदार्थ, खानी, गलाउंदा र प्रसोधन गर्दा, लिड–एसिड ब्याट्री, रंग तथा सेरामिक उत्पादन,गोलाबारूद र बन्दुकको अभ्यास र प्रयोग, अनौपचारिक क्षेत्रहरुमा पुन:प्रशोधन तथा उत्पादन, सिसायुक्त पेन्ट नष्ट गर्दा, परम्परागत श्रृङ्गार सामग्री / औषधि,गहना / खेलौना, खाना राख्ने प्लास्टिकको बट्टा र सीसा गलाउने यन्त्र,खानेपानी आपूर्ति गर्ने पाईप तथा सिसायुक्त पेट्रोलियम पदार्थ इत्यादि। 
  • सिसाद्वारा स्वास्थ्यमा पर्नेमुख्य असर: बच्चाहरुको चेतनशीलतामा कमी, करिव १ लाखभन्दा बढीको मृत्यु,२ करोड ४४ लाखजतिले अशक्तता समायोजित जीवनबर्ष (Disability Adjusted Loss Years-DALY’s) गुमाउने,६३ं.२ प्रतिशत बौद्धिक विकास अक्षमता, बिश्वमा उच्च रक्त चापको कारणबाट १०.३ प्रतिशतमा मुटुरोगहुने,हृदयघातको कारणबाट मृत्यु हुन्छ। 

पारो वा मर्करी (Mercury) 
भारी, गन्ध रहित, चमकिलो तरल धातु तीन रूपमा पाईन्छ र कोठाको तापक्रम (२५ डिग्री सेल्सियस) मा तरलरुपमा रहनसक्छ। संयुक्त राष्ट्र अमेरिकाको एक तथ्यांकले सन् १९९५ मा स्वास्थ्य संस्थाजन्य फोहर दहन गर्ने इन्सिनेरेटरहरूवाट १० प्रतिशत वातावरणीय पारो उत्सर्जन भएको देखिन्छ। कोइला दहन, सुन खानी, धातु उत्पादन,जलाइएको फोहर, पारोयुक्त उत्पादनहरू मुख्य मानिन्छन्। पारोको फैलावट, दहन र औद्योगिक निर्वहनवाट निस्कने बाफ श्वास–प्रश्वास प्रणालीमा प्रवेश, पारो प्रदूषित माछाको सेवन, छालावाट पारोको अवशोषण, दांत भर्दा प्रयोग हुने डेंटल अमलगम आदिबाट सम्पर्कमा आउँछ। 

स्वास्थ्य सेवामा पारोको प्रयोगथर्मामीटर, इनक्यूबेटर र अन्य उपकरण रेफ्रिजरेसन थर्मामीटर,स्विचहरू, फ्लोरोसन्ट लैम्प र CFL बल्ब, स्फाईग्मोमानोमीटर्स, गैस्ट्रोइंटेस्टाइनल ट्यूबहरू, एसोफैगल डिलेटर्स, फीडिंग ट्यूव, मिलर एबट ट्यूव, फ्लोरोसन्ट, उच्च–तीव्रता पारो वाष्प बत्तीहरू,प्रयोगशालाजन्य रसायन,थाइमर्सल, फार्मास्यूटिकल्स, ब्याट्री, मोनिटर,बिद्युतीय उपकरण, पुरानो थर्मोस्टेट आदि छन्। 

इकोसिस्टममा प्रभाव 
माटोमा रहेका अस्थिर दूषित पदार्थहरू वायुमण्डलवा पानीको श्रोतमा जान सक्छन्, यसैले माटो प्रदूषणले वायु र पानी प्रदूषणमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्छ। अम्लीय माटो धेरै सूक्ष्मजीवहरूको लागि हानिकारक हुने हुँदा माटो प्रदूषणको नकारात्मक प्रभावले माटोको बनावट र गुणस्तरमा पनि असर पुर्‍याउँछ। यस प्रकारको प्रदूषणबाट बाली उत्पादन निकै प्रभावित हुन्छ। चीनमा १२ करोड टन खाद्यान्न भारी खनिज पदार्थहरूको संक्रमणको कारण उपभोग विहीन पाइएको छ। 

वातावरण तथा जनस्वास्थ्यमा पर्ने प्रभाव    
हावा, पानी र माटोमा हुने प्रदूषण मात्रै होइन, माटो प्रदूषक पदार्थहरू,सिसाको अधिक एक्सपोजर आदिले मानव स्वास्थ्य, बोटबिरुवा र पशुपंक्षीको स्वास्थ्यमा पर्ने प्रभावका साथै प्राकृतिक सौन्दर्यमा पार्ने असरलाई समेत ध्यान दिनु पर्दछ। कुनै श्रोतको फोहर जथाभाबी फाल्नाले पानीका मुहानलगायत त्यसवरपरको वातावरणलाई पनि प्रत्यक्ष रुपमा प्रदूषित गर्दछ। 

स्वास्थ्यजन्य फोहरका कीटाणु नियन्त्रणका लागि प्रचलनमा नरहेका विषादि (खासगरी डिडिटी) को प्रयोग, त्यस्ता विषादिलाई चुहिने भाँडा वा झोलामा राख्ने चलनले जो–कोहीको स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष असर पर्दछ। यस्ता वस्तुसँग प्रत्यक्ष सम्पर्कमा आउँदा, प्रदूषित पानी वा खानेकुरा खाँदा विषाक्त हुन सक्छ। जलाएर गरिने फोहर विसर्जन कार्यले आगलागी हुने डरसमेत रहन्छ। एन्टिवायोटिकसहितका म्यादसकिएका औषधि, पारोजस्ता हेभी मेटल, फिनेल, यौगिक, निर्मलिकरण गर्ने वस्तु, एन्टिसेप्टिक आदिको अवशेषको प्रभाव पर्यावरणका लागि विषाक्त हुन्छ। स्वास्थ्य संस्थाहरूमा सयौं वर्षदेखि पारो (थर्मामिटर, स्फिग्मोम्यानोमिटर फुटेर) पोखिएर वा  फोहर नष्ट गर्दा वातावरणमा पैmलिएमा धेरै हानि हुन सक्दछ। धातुजन्य तरलका रूपमा सास फेर्दा पारो शरीरमा छिर्न सक्छ, त्यसको विषका कारण मानिसको मस्तिष्क, मेरुदण्ड, मिर्गौलालाई हानि गर्नुका साथै बालबालिकाको शारीरिक वृद्धिमा पनि असर गर्दछ। 

जलवायु परिवर्तनका तत्वहरु
विश्वव्यापी जलवायु परिवर्तनमा प्राकृतिक तत्वहरु जस्तै पृथ्वी परिक्रमा गर्ने प्रणलिमा परिवर्तन, सौर परिवर्तन, ज्वालामुखी विष्फोटन आदि पर्दछन्। त्यस्तै मानव निहित तत्वहरुमा हरित गृह ग्यासको प्रकृतिमा परिवर्तन पर्दछ भनेमानव निहित तत्वहरुमध्ये घर तथा औद्योगिक क्रियाकलापमा उर्जाका लागि कोइलाको प्रयोग पर्दछ। त्यसैगरी जमीनको उपयोग परिवर्तन (जंगलबाट खेती तथा निर्माण योग्य बनाउने काममा परिवर्तनपर्दछ। त्यस्तै यातायातमा प्रयोग हुने इन्धन, जंगल बिनाश –उर्जा, फर्निचर, रेलवे  स्लिपरर अन्य पर्दछन्। 

एक अनुमान अनुसार सन् २०३० र २०५० को बिचमा जलवायु परिवर्तनका कारण २५०००० भन्दा बढीको मृत्यु हुने अनुमान गरिएको छ, जसमध्येबयस्कहरु तापमानसंगको सम्र्पकबाट ३८ हजार, झाडापखालाबाट ४८ हजार,औलोबाट ६० हजार र बाल न्युन पोषणबाट ९५ हजारको मृत्युहुने अनुमान गरिएको छ। 

पारिस्थितिक पुन:स्थापना
विश्वभरका मुलुकहरुले वर्तमानको महत्वलाई गम्भीर रुपमा आत्मसातगर्दै  कामगर्ने बेला आएको छ। आजसम्म विकास निर्माणका नाममा विनास गरिएको वातावरण अर्थात् पारिस्थितिक पुनस्र्थापना गर्नै पर्दछ। स्वस्थकर पारिस्थितिक वातावरणले मात्र मानवलगायतका जीवको जीवन, जलवायु परिवर्तन एवम् जैविक विविधताको विनास हुनबाट बचाउन सकिन्छ। यसका लागि सरकारी पक्ष, उद्योग व्यवसायी, नागरिक समाज एवम् समुदायस्तरबाटै वातावरणीय चुनौती न्यूनिकरण गर्ने प्रयास गरिनुपर्छ, जलवायु परिवर्तनको चुनौती, प्रकृतिको दोहन / विनास एवम् प्रदूषणलाई न्यूनिकरण गर्न निम्नानुसारका कदम चाल्नुपर्छ :

१. खाली ठाउँमा बोट–विरुवा रोप्ने, हुर्काउने, बगैंचा निर्माण तथा हरियाली कायम राख्ने। 
२. पारिस्थितिक पुनस्र्थापनाका लागि नाइट्रोजन तथा हरितगृह ग्याँससमेतको सुरक्षित व्यवस्थापन गर्ने। 
३. शून्य प्रदूषण कायम राख्ने गाउँ/सहरलाई हरियाली गराउने अभियान चलाउनुपर्छ। 
४. हरेक परिवारले बोट विरुवा लगाउने र लगाइसकेका विरुवालाई सम्बद्र्धन गर्नुपर्छ। 
५. नदिनालालाई सफा राख्नुपर्छ, किनारामा बोट विरुवा लगाउनुपर्छ। 
६. सिसा, पारो, विषादी, एस्बेस्टस्जस्ता पदार्थलाई उपयुक्त किसिमले उपयोग र विसर्जन गर्नुपर्छ। 
७. विकास निर्माणको निहुँमा खेतीयोग्य जमिनमा डोजर आतंक र वातावरण प्रदूषण रोक्नुपर्छ। 
८. पुराना सवारी साधन, इटा भट्टा, यन्त्रलाई प्रतिवन्ध लगाउनुपर्छ। 
९. शैक्षिक पाठ्यक्रममा वातावरण तथा अन्य प्रदूषणसम्बन्धी पाठ्यवस्तु समावेश गरिनुपर्छ। 
१०. विद्यालयस्तरमै वातावरण तथा यसको महत्वबारे निवन्ध, हाजिरी जवाफ, पोष्टर, चित्रकला, कविता आदि प्रतियोगिताको आयोजना गरिनुपर्छ। 
११. जलवायु परिवर्तनको असरको असर न्युन गर्ने तथा समयमै मानवीय तथा संस्थागत क्षमता, जनचेतना तथा शिक्षामा सुधार गर्नुपर्छ। 
१२. जलबायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिबाट गरिएका प्रतिबध्दताहरु कार्यान्वयन गर्ने 
१३. जलवायु परिवर्तन सम्बन्धी प्रभावकारी योजना र ब्यवस्थापन  गर्न  क्षमता अभिबृध्दि  गर्ने संयन्त्रको विकाश गर्ने। 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गंगाराज अर्याल
लेखकबाट थप
पारिस्थितिक प्रणालीको पुनर्स्थापना गरौं
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्