काठमाडौं- स्मार्ट फोन ब्रान्ड ओपोले ‘ओपोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसन’ घोषणा गरेको छ।
कम्पनीले टेक स्टार्टअप्स र नवप्रर्तनात्मक योजनालाई प्रवर्द्धन गर्न उक्त प्रतियोगिता घोषणा गरेको हो। जसअन्तर्गत अन्तरक्रियात्मक वर्कसप, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसर हुने कम्पनीले जानकारी दिएको छ।
यस वर्षको प्रतियोगिता ‘सेन्सेसन एण्ड परसेप्सन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर÷भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन उपविषयवस्तुमाथि आधारित हुने जानकारी दिइएको छ।
प्रतियोगिताले उद्यमशीलता र नयाँ पुस्ताका नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओपोको उद्देश्य रहेको छ।
प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारीसहित आवेदन बुझाउनुपर्ने हुन्छ।
एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ गु्रप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ। प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ। इच्छुकले थप जानकारी oppohack.com मार्फत् प्राप्त गर्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।