काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले बेलायतमा रहेको अन्लाइन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग साझेदारी गरेको छ।
बैंकले बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिटेन्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले हस्ताक्षर गरेका छन्।
अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ।
साझेदारीले बैंकको सेवा बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिटेन्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।