पक्राउ परेका सौरभ साह, तस्वीर– जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगन्ज– सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा पर्सा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ।
स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सौरभले वीरगंज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबूक पेज तथा फेसबूक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गर्ने गरेका पाइएको छ।
स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई अनर्गल आरोप लगाइ व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।