काठमाडौं– चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गर्ने गिरोह पक्राउ परेको छ। महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई बौद्ध बस्ने २४ वर्षीय सोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई बुढानिलकण्ठ बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानिलकण्ठकै १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानरपालिका–९ घर भई काठमाडौं तार्केश्वर–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार छन्।
उनीहरुलाई वृत महाराजगञ्ले निलोपुलबाट पक्राउ गरेको हो। उनीहरुले महाराजगञ्ज क्षेत्रमा बा ८३ प ३४६३ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर चोरी तथा लुटपाट गर्दै आएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए।

उनीहरुबाट प्रहरीले चोरीको स्कुटर र विभिन्न कम्पनीका चोरीका ११ थान मोबाइल बरामद गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।