प्रतीकात्मक तस्वीर
काठमाडौं– डोटीमा श्रीमानको ‘तेजाब’ आक्रमणबाट श्रीमती र छोरी घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
घटना जेठ १२ गतेको हो। डोटीको आर्दश गाउँपालिका ४ रोडीका सन्तोष भाटले आफ्नी श्रीमती लक्ष्मी भाट र छोरी अन्जुमाथि राति सुतिरहेको बेला ‘तेजाब’ आक्रमण गरेका हुन्।
उनीहरु सुतेको कोठामा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ। जलेर घाइते भएका उनीहरुलाई सुरुमा उपचारका लागि डोटीकै राजपुरस्थित सुजंग अस्पताल लगिएको थियो।
त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाका हेलिकप्टरमार्फ जेठ १७ गते काठमाडौं ल्याइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन् ।
अहिले उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उपचारको सम्पूर्ण खर्च गृह मन्त्रालयले बेहोर्ने जनाएको छ। आक्रमण गर्ने श्रीमानलाई कडा कारबाही हुनेमा विश्वस्त हुन गृहले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।