• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो होला अबको मधेश राजनीतिको परिदृश्य?

64x64
किशोर दहाल मंगलबार, जेठ १८, २०७८  २१:३६
1140x725

काठमाडौं- कुनै बेला एमालेको कार्यकर्ता थिए, उपेन्द्र यादव। २०४८ सालको निर्वाचनमा उनी सुनसरी-४ मा एमालेकै तर्फबाट उम्मेदवार थिए। तर, पराजित भए। जितेका भए, सायद उनी आज एमाले नेताकै रुपमा रहन्थे, चिनिन्थे। गणित र विज्ञान शिक्षक समेत रहेका यादवले निर्वाचनमा प्राप्त असफलतालाई मधेशको समस्या बुझ्ने अवसरको रुपमा प्रयोग गरे। अध्ययनशील पृष्ठभूमि उनको सबल पक्ष थियो। ‘मधेसी जनअधिकार फोरम’ नामको गैरसरकारी संस्था स्थापना गरेर अन्तरक्रिया गरे। सो संस्थालाई विभिन्न पार्टीका नेताहरुको साझा थलो बनाउँदै अघि बढे।

यही संस्थाको आवरणमा उनले माओवादी राजनीति गरेको भनेर सत्तापक्षले उनलाई पटक-पटक दुःख दिएको थियो। माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ पनि परेका थिए। त्यही समयमा पक्राउ परेका अन्य माओवादी नेताहरुलाई सुपुर्दगी गरिए पनि यादव भने रहस्यमयी ढंगले रिहा भएका थिए। २०६३ माघ १ गते जारी भएको ‘अन्तरिम संविधान, २०६३’ लाई काठमाडौंको माइतीघरमा जलाएपछि भने उनलाई चिन्नेहरुको दायरा फैलियो। उनी गिरफ्तार भएपछि मधेश आन्दोलन सुरु भयो। झन्डै एक महिना चलेको सो आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक हप्तामा दुई पटक राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो।

सोही आन्दोलनले मधेशी जनताको दमित आवाजलाई प्रष्फुटन गरिदियो र उपेन्द्र यादवलाई मधेशको नेताको रुपमा स्थापित गरिदियो। त्यतिबेला उपेन्द्रको उदय मात्रै भएन, मधेश राजनीतिको बलियो आधार तयार भयो। त्यतिबेलै मूलधारका पार्टीमा राजनीति गरिरहेका कैयौँ मधेशी नेताहरु हतारहतार मधेश झरे। विभिन्न पार्टीमा रहेका मधेशी नेताहरु मिलाएर महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी बनाइयो। पहिलो संविधानसभाको निर्वाचनअघि मधेशमा तीनवटा मुख्य शक्ति देखिए- मधेसी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी। सद्भावना पार्टी बहुदलपछि नै तराई केन्द्रित पार्टीको रुपमा चित्रित थियो।

पछिल्लो डेढ दशकमा नेपाली राजनीतिमा धेरै उथलपुथल भइसकेका छन्। मधेशकेन्द्रित पार्टीको रुपमा चित्रित ती पार्टीहरु अनेकौँ पटक विभाजित भइसकेका छन्। र, पछिल्ला केही वर्षयता भने जोडिँदैजोडिँदै गएर जनता समाजवादी पार्टी निर्माण भएको थियो। अघिल्लो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनमा सजिलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच रातारात एकता भयो।

तर, एकताको एक वर्ष बित्दै गर्दै जसपा विभाजनको औपचारिकता पर्खिरहेको छ। केही महिनायता पार्टीभित्र उपेन्द्र यादव र महन्थ ठाकुरले नेतृत्व गरेका दुई समूहबीच संघर्ष चलिरहेको थियो। अघिल्लो हप्ता मात्रै यादवले ठाकुर पक्षका चार नेतालाई र ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका थिए। मंगलबार यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरिदिएका छन्। केही बेरपछि ठाकुरले पनि यादवलाई निष्कासन गरिदिए। दुवै पक्षले निष्कासनबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन्।

त्यसो त फुट अवश्यम्भावी रहेको तर त्यसको प्रक्रिया कस्तो हुने भन्ने निर्क्यौल हुन बाँकी रहेको केही दिन अघिदेखिका गतिविधिले देखाइरहेका थिए। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हालै तमासा नगरी हात मिलाएर आफ्नो बाटो लागौँ भन्ने प्रस्ताव नै गरेका थिए। ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ। अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ! हात मिलाएर आ-आफ्नो बाटो लागौँ! हिँडिरहे फेरि भेट हुनेछ!’, भट्टराईले आइतबार ट्वीटरमा लेखेका थिए।

भट्टराईले प्रस्ताव गरेजस्तो हात मिलाएर होइन, प्रतिशोध सहित पार्टी विभाजनको स्थितिमा पुगेको छ। सम्भवतः केही दिनमै दुवै पक्ष फरक-फरक पार्टीको रुपमा अस्तित्वमा देखिनेछन्। ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच विकास भएको विश्वास र सहयोगको सम्बन्धको प्रभाव निर्वाचन आयोगबाट हुने निर्णयमा पनि पर्न सक्छ। आवश्यक परे ओलीले ठाकुरलाई सहयोग पुग्नेगरी कुनै अध्यादेश जारी गरिदिन पनि सक्छन्। तर, त्यो अध्यादेशले आफ्नै पार्टी एमाले फुट्न सहज बन्ने भयो भने चाहिँ ओली हच्किन सक्छन्।

२०७४ सालमा सम्पन्न पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनताका तत्कालीन राजपाका नेताहरु र यादवबीच तिक्त सम्बन्ध थियो। उनीहरुले एक अर्कालाई आरोप-प्रत्यारोप लगाएका थिए। तर, प्रदेश २ मा सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उनीहरुबीच पुनः सहज सम्बन्ध बन्यो। त्यो प्रतिनिधि सभा लगायतका निर्वाचनमा पनि कायम रह्यो। त्यसपछि आ-आफ्नै ढंगले राजनीति अघि बढाइरहेका थिए। यादव सरकारमा सहभागी नै भएका थिए। राजपाले सरकारलाई समर्थन गरेर बसेको थियो। तर, राजपाको समर्थन फिर्ता भयो, अलि पछि यादव पनि बाहिरिए।

nimb
nimb
Ncell 2
Ncell 2

२०७७ वैशाख ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सहज हुनेगरी अध्यादेश जारी गरिदिए। त्यो अध्यादेश मुख्यतः यादवकै दल समाजवादी पार्टीलाई विभाजन गर्ने अभिप्रायले जारी गरिएको थियो। त्यसकै लागि महेश बस्नेत लगायतले यादव पक्षका नेता सुरेन्द्र यादवलाई जनकपुरबाट रातारात काठमाडौं ल्याएका थिए। तर, राजपाको सहयोगले दल विभाजन हुनबाट जोगिएको थियो।

‘२०७७ वैशाख १० गते तानाशाही प्रवृत्तिले चलाउँदै गरेको समाजवादी पार्टी फुट्नै लाग्दा जोगाइ दिन खालि कागजमा पनि हस्ताक्षर गरि एकीकरण गर्न हतारिएका उनलाई तत्कालीन समयमा हामीले पार्टी फुट्नबाट जोगाइदिएको यथार्थ कसैबाट लुकेको छैन’, मंगलबार यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको सम्बन्धमा जारी प्रेस विज्ञप्तिमा ठाकुरले भनेका छन्।

अवसर गुम्यो, साख पनि गुम्यो
यादव र ठाकुर अब दुई किनारातिर लाग्दैछन्। उनीहरुको विभाजनसँगै वैकल्पिक शक्तिको रुपमा जसपाको सम्भावना सकिएको छ। ‘वैकल्पिक शक्ति बन्ने जसपाको सम्भावना थियो। यहाँ जनजाति, मधेसी लगायत सबै मिलेका थिए। बाबुराम, अशोक राई लगायतका नेताहरु पनि त्यसैमा थिए। त्यहाँ राम्रो वातावरण बनेको थियो। त्यो रहेन’, राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्।

जसपा एकीकृत रहेको भए एमालेको विभाजनबाट फाइदा लिन सक्थ्यो। किनकि, मधेसमा यो विभाजनबाट कांग्रेस या जसपाले फाइदा लिन सक्थ्यो। तर त्यो अवसर पनि गुमेको छ।

विभाजनको केही समयसम्म दुवै पक्षले सवाल जवाफमै बिताउने लाभको आकलन छ। ‘सरकारमा गएर मधेसीको धेरै मुद्दा सम्बोधन गर्न लगायौँ भन्छन्, ठाकुर पक्षले। यादवलाई पनि उपप्रधानमन्त्री बन्दा केही गर्नु भएन भन्ने प्रश्न पनि छँदैछ। यादवले पनि ठाकुरलाई  देशमा प्रतिगमन भएको बेलामा लोकतन्त्रको लागि लड्नुपर्ने हो, त्यतिबेला सत्तामा जानु ठीक नभएको भन्छन्। हामी प्रतिपक्षमा बसेर लोकतन्त्रको लागि लडिरहेका छौँ भन्छन्’, उनी भन्छन्। 

दुई पार्टीको अबको राजनीतिक सामर्थ्य र दिशा भने सर्वोच्च अदालतको फैसलासँग पनि निर्भर गर्नेछ। प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामाथि फैसला हुँदा प्रधानमन्त्री ओलीको कदम सदर भयो भने जसपा सरकारमै रहेर आगामी चुनावमा सहभागी हुनेछ। जसले ओली-ठाकुर गठबन्धन झन् कसिलो बन्ने छ। चुनावमै पनि ठाकुर पक्षलाई अतिरिक्त लाभ दिलाउने प्रयास हुनसक्छ। अघिल्लो निर्वाचनमा ओलीले जसरी राजेन्द्र महतोलाई सहयोग गरेका थिए, सहयोग आदानप्रदानको दायरा थप विस्तारित हुनसक्छ। सरकारमा जाने तयारीमा रहेको ठाकुर पक्षले त्यसको लाभ पनि उठाउन सक्छ।

मधेश राजनीतिमा त्यहाँका मुद्दाका अतिरिक्त भूराजनीतिक प्रभाव पनि पर्छ। ओली-ठाकुर गठबन्धनको लागि दक्षिणी सद्भाव रहेको विषय अब गोप्य रहेन। त्यसैले यादवलाई थप कठिन स्थिति सिर्जना गराउने प्रयास हुनसक्छ। विगतमा पनि यादवलाई कमजोर बनाउन उनको पार्टीलाई अनेक पटक विभाजित गराइएको थियो। जुन यसपटक पनि दोहोरिन सक्छ। उनका पक्षका नेताहरुलाई ठाकुरतिर तान्ने प्रयत्न पनि चल्ने नै छ।

विघटन बदर भयो भने यादव थप प्रभावशाली देखिनेछन्। उनीसँग लोकतन्त्र र संविधान जोगाउन भूमिका खेलेको जस लिने ठाउँ हुनेछ। अहिले पार्टीको पनि ठूलो हिस्सा उनीतिर देखिएको छ। गठबन्धन कायमै रह्यो भने त्यसबाट लिन सकिने लाभ उनले पनि लिन्छन् नै। चुनावमा उनले ओलीप्रति वितृष्णा राख्ने मधेशको ठूलो समूहको साथ पाउन सक्छन्। किनकि, संविधान जारी हुने बेलादेखिको आन्दोलनताका मधेशमा ओलीलाई नकारात्मक प्रतीकको रुपमा स्थापित गरिएको थियो। त्यसमा ठाकुर र महतो पनि अघि नै थिए।

यादव र ठाकुर दुवैको साझा समस्या भनेको दुवैले साख गुमाएका छन्। त्यसैले उनीहरुले मधेशी जनतालाई ‘अपिल’ गर्ने क्षमता गुमाएका छन्। ‘महन्थजीले जति जस कमाउनुभएको थियो नि, त्यसमा केही न केही कटौती त भएकै छ। सर्वमान्य नेताको रुपमा उहाँ हुनुहुन्थ्यो। राजनेता बन्ने सम्भवना पनि थियो। त्योचाहिँ देखिएन’, लाभ भन्छन्, ‘उपेन्द्र यादव पनि सर्वमान्य नेताको रुपमा रहन सक्नुहुन्थ्यो। तर सक्नुभएन। त्यत्रो मधेश आन्दोलन हाँकेको मान्छे। पटकपटक सत्तामा पुग्ने प्रयत्नले गर्दा उहाँको साख पनि गुमेको छ। समग्रमा भन्दा कुनै नेताको पनि साख छैन। कुनै पनि पार्टीको साख छैन।‘

‘वैकल्पिक शक्ति बन्ने अवसर जसपाले गुमायो’

सुरेन्द्र लाभ, राजनीतिक विश्लेषक

महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमै जान्छन्। उपेन्द्र यादव विपक्षी गठबन्धनमै रहन्छन्। उनीहरुबीच सवालजवाफमै समय बित्छ। सरकारमा गएर मधेसीको धेरै मुद्दा सम्बोधन गर्न लगायौँ भन्छन्, ठाकुर पक्षले। यादवलाई पनि उपप्रधानमन्त्री बन्दा केही गर्नु भएन भन्ने प्रश्न पनि छँदैछ। यादवले पनि ठाकुरलाई  देशमा प्रतिगमन भएको बेलामा लोकतन्त्रको लागि लड्नुपर्ने हो, त्यतिबेला सत्तामा जानु ठीक नभएको भन्छन्। हामी प्रतिपक्षमा बसेर लोकतन्त्रको लागि लडिरहेका छौँ भन्छन्। यस्तै तर्क वितर्क चल्दै गर्दा चुनाव सुरु होला।

एमालेको विभाजनबाट जसपाले चुनावमा फाइदा लिन सक्थ्यो। किनकि, एमालेको विभाजनबाट फाइदा लिने दुई शक्ति हो, कांग्रेस या जसपा। तर, जसपा नै फुटेपछि उसलाई मधेशमा साख बचाउन गाह्रो हुन्छ। जसको विरोधमा मधेश आन्दोलनमा शब्द- वाण प्रहार भएको थियो, उनीहरु नै एक ठाउँमा जाँदा त मधेसी जनताले नमीठो अनुभव गर्छन्। त्यसैले चुनावमा गाली खान्छन्। मधेशमा जुन किसिमको वातावरण बनेको थियो, त्योचाहिँ भताभुंग हुने भयो।

ठाकुरजीमा खासै गतिशीलता छैन। तर उहाँका एकथरी पक्षधरहरुले उहाँलाई एउटा प्रतीकको रुपमा लिन्छन्। आफू सरकारमा नजाने र त्यागी नेताको रुपमा लिन्छन्। अर्कोथरीले उहाँ पनि जातपातमा लाग्नुभयो भन्छन्। आउँदो चुनावमा दुईवटा मोर्चा बन्लान्। अहिले विपक्षी गठबन्धनमा रहेकाहरुले एउटा मोर्चा बनाउँछन्। त्यस्तै, एमालेको  संस्थापन, जसपाको ठाकुर गुट, हृदयश त्रिपाठीदेखि राप्रपासम्मको एउटा मोर्चामा हुन्छन्। त्यतिबेला धेरै कुरा उठ्लान् नै। तर, महन्थजीले जति जस कमाउनुभएको थियो नि, त्यसमा केही न केही कटौती त भएकै छ। सर्वमान्य नेताको रुपमा उहाँ हुनुहुन्थ्यो। राजनेता बन्ने सम्भवना पनि थियो। त्योचाहिँ देखिएन।

उपेन्द्र यादव पनि सर्वमान्य नेताको रुपमा रहनसक्नुहुन्थ्यो। तर सक्नुभएन। त्यत्रो मधेश आन्दोलन हाँकेको मान्छे। पटकपटक सत्तामा पुग्ने प्रयत्नले गर्दा उहाँको साख पनि गुमेको छ। समग्रमा भन्दा कुनै नेताको पनि साख छैन। कुनै पनि पार्टीको साख छैन।

वैकल्पिक शक्ति बन्ने जसपाको सम्भावना थियो। यहाँ जनजाति, मधेसी लगायत सबै मिलेका थिए। बाबुराम, अशोक राई लगायतका नेताहरु पनि त्यसैमा थिए। त्यहाँ राम्रो वातावरण बनेको थियो। त्यो रहेन। त्यसैले वैकल्पिक शक्ति यताबाट आउँछ भन्न गाह्रो छ। र अहिले रिक्तताको अवस्था छ। कुन शक्तिको कतिबेला उदाउँछ, कसले विश्वास प्राप्त गर्छ त्यो अहिल्यै भन्न सकिन्नँ तर यी नेताहरुबाट चाहिँ हुँदैन। नयाँ शक्ति कुनै आयो भने उसले हिमाल, पहाड र मधेशको समस्यालाई जोड्नुपर्छ। विगतका आन्दोलनले अबको राजनीति भनेको नेपालको विविधतालाई सम्बोधन गर्ने हुनुपर्छ भन्ने दृष्टिकोण दिएको छ। जसले यो कुरा सम्बोधन गर्छ, ऊ अघि बढ्न सक्ने रिक्तता छ।

नेपालमा पुष्टि भएको कुरा के छ भने जो जोसँग पनि मिल्न सक्छन्। स्थायी केही छैन। त्यसैले कार्यकर्ताहरुले कसैलाई गाली गर्न हुँदैन भन्ने शिक्षा ग्रहण गरिराख्नुपर्छ। 

यो पनि पढ्नुहोस्:
उपेन्द्र यादव : अन्तरिम संविधान जलाएपछि सधैं चर्चामा
राजपा-समाजवादी एकता : आपतकालले जुराएको बाटो
मधेस राजनीतिका चोटपटक 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रास्वपा संसदीय दलकाे उपनेतामा गणेश पराजुली चयन बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो । बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापतिमा काँग्रेसका खड्काको मनोनयन दर्ता नेपाली काँग्रेस संसदीय दलले उनलाई उक्त समितिको नेतृत्वका लागि अघि सार्ने निर्णय गरेपछि सोही आधारमा खड्काले उम्मेदवारी दर्ता गराएका ह... बिहीबार, वैशाख ३, २०८३
रास्वपाले तोक्यो लेबी, मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको म... बिहीबार, वैशाख ३, २०८३
ताजा समाचारसबै
रास्वपा संसदीय दलकाे उपनेतामा गणेश पराजुली चयन बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापतिमा काँग्रेसका खड्काको मनोनयन दर्ता बिहीबार, वैशाख ३, २०८३
भारी अंकले घट्यो सेयर बजार बिहीबार, वैशाख ३, २०८३
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्