काठमाडाैं– सुनसरीकाे कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेकाे प्रहरीले जनाएकाे छ। आइतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।