• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

दुई दशकपछि इराकसँग भिड्दै नेपाल : जित्नेभन्दा रोक्ने लक्ष्य

64x64
दीप सुवेदी शनिबार, जेठ १५, २०७८  १२:५३
1140x725

काठमाडौं- फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत कुवेतमा तीन खेल खेल्नुअघि नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। 

इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग ठ्याक्कै दुई दशकपछि खेल्न लागेको हो। 

नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार शनिबार राति १०:१५ बजे सुरु हुनेछ।

नेपालले सन् २००२ को फिफा विश्वकप छनोटमा इराकसँग दुई खेल खेलेको थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो।

इराकको बग्दादस्थित अल शाब स्टेडियममा भएको पहिलो खेलमा नेपाल ९-१ गोल अन्तरले पराजित भयो। उक्त खेलमा नेपालका निराजन रायमाझी एक गोल गर्न सफल भएका थिए।

कजाखस्तानको अलमाटीस्थित अलमाटी सेन्ट्रल स्टेडियममा भएको दोस्रो खेलमा भने नेपाल ४-२ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा निराजन र हरि खड्काले एक-एक गोल गरेका थिए।

त्यसअघि सन् १९८२ मा पहिलो पटक नेपाल र इराक एसिया कपमा भिडेका थिए। त्यो खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो। 

फिफा वरीयतामा नेपालभन्दा  इराक १०३ स्थान माथि छ। स्तरका हिसाबले यो निकै ठूलो भिन्नता हो। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तो छ इराकविरुद्ध नेपालको रणनीति
इराकविरुद्धको खेल कुवेती प्रो-लाइसेन्सप्राप्त नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ। 

एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।  

विश्वकप छनोटका लागि भनेर एन्फाले कुवेती प्रो-लाइसेन्सधारी अलमुताइरीलाई अनुबन्ध गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्।

प्रशिक्षक अलमुताइरीले यो प्रतिस्पर्धा नेपाली टिमका लागि कठिन चुनौती हुने बताएका छन्।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी।

‘नेपाली टिमका लागि इराक एक बलियो प्रतिद्वन्द्वी मात्र होइन उसकै भूमिमा खेल्नु पर्ने अवस्था छ। इराकी टिम प्राविधिक रुपमा उत्कृष्ट छ। नेपालले एसिया र अरब क्षेत्रको बलियो टिमसँग खेल्दैछ,’ खेल अगाडि उनले इराकी फुटबल संघसँग कुरा गर्दै भनेका छन्।

उनले इराकसँगको खेललाई विश्वकप छनोटको तयारीको रुपमा लिएका छन्। ‘हामी नयाँ मानसिकता र प्रणाली प्रयोग गर्दैछौं। यस खेललाई तयारीको रुपमा लिएका छौं। राम्रो खेल्छौं भन्ने आशा छ,’ उनले भने। 

उनले खेल्ने फर्मसेन पनि परिवर्तन गर्ने बताएका छन्। ‘मैले यसको ४-४-२ वा ४-२-३-१ को फर्मेसनलाई चेन्ज गर्दै ४-३-३ को सिस्टममा ल्याएको छु,’ उनले भनेका छन्। 

यता, नेपाली टोलीका कप्तान किरण चेम्जोङले इराकसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि आफ्नो टोली तयार रहेको बताएका छन्। 

बिहीबार साँझ इराकी सञ्चार माध्यमसँग कुरा गर्दै किरणले भने, ‘नेपालका लागि यो ठूलो अवसर हो। यसका लागि हामी तयार छौं।’  

इराकसँगको खेलले विश्वकप छनोटमा सहयोग गर्ने बताउँदै किरणले प्राप्त नतिजाले ठूलो अर्थ राख्ने बताएका छन्।

‘पक्कै पनि यसले विश्वकप छनोटमा सहयोग गर्छ। यसले ठूलो अर्थ राख्छ,’ उनले भने। 

युवाले भरिएको नेपाली टोली
अलमुताइरीले नेपाली टोलीमा युवा खेलाडीलाई अवसर दिएका छन्। उनले सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायरलाई मध्यनजर गर्दै यस पटक ६ नयाँ खेलाडी राखेका छन्। 

पहिलो पटक डिफेण्डर गौतम श्रेष्ठ, मिडफिल्डका कमल थापा, सुरजज्यु ठकुरी, आयुष घलान र मनिस डाँगी टोलीमा परेका छन्।

यस्तै, गोलरक्षक विकेश कुथुलाई आराम दिँदै उनले विशाल सुनार र दीप कार्कीलाई राष्ट्रिय टिममा समेटेका छन्। 

अधिकांश खेलाडी नयाँ रहेकाले पनि नेपालको लागि यसलाई अन्तर्राष्ट्रिय लेबलमा अनुभब बटुल्ने अवसरको रुपमा लिइएको छ। 

नेपाली टिमको औसत उमेर २३ वर्ष छ। अहिले टिममा रहेका सबैभन्दा सिनियर खेलाडीमा किरण चेम्जोङ र रोहित चन्द छन्। 

इराकमा प्रशिक्षण गर्दै नेपाली टिम।

किरण एन्फा एकेडेमीका उत्पादन पनि हुन्। सन् २०१७ देखि उनी व्यावसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोट्र्समा अनुबन्धित भएका थिए।

सन् २०१९ देखि उनी भारतको आइ लिगमा खेल्ने पञ्जाबको व्यावसायिक फुटबल क्लब, मिनार्व पञ्जाबमा अनुबन्धित भएका छन्।

किरणलाई नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक भएको चर्चा गरिन्छ। 

रोहित भने हाल इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक रूपमा फुटबल खेल्ने गर्छन्। उनले इन्डोनेसियन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। 

उनी नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित खेलाडी हुन्। नेपाली राष्ट्रिय टोलीबाट उनले ४० भन्दा बढी खेल खेलिसकेका छन्।

तर, राष्ट्रिय टिमका लागि उनले कुनै गोल भने गर्न सकेका छैनन्। इङ्लिस प्रिमियर लिगका दुई महारथी आर्सनल र टोटेनह्यामले रोहितलाई भित्र्याउने इच्छा देखाएपछि केही युरोपेली सञ्चारमाध्यमले बहुचर्चित सरुवा बजारमा उनलाई पनि ठाउँ दिएका थिए। त्यसबाट उनी निकै चर्चित भएका थिए।

यद्यपि, उनी एसियन क्लबाट अन्यत्र जान सकेका छैनन्।

किरण र रोहितबाहेक नेपाली टोलीमा विशाल राई, नवयुग श्रेष्ठ, अन्जन विष्ट, अनन्त तामाङ पनि छन्। उनीहरुले नेपालका विभिन्न क्लबबाट खेलिसकेका छन्। 

इराकविरुद्धको खेलपछि, भोलिपल्ट जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले विश्वकप र एसिया कप छनोटका तीन खेल खेल्नेछ। 

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। 

५ खेलमा १ जित र ४ खेलमा हार व्यहोरेको नेपाल चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।  

विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

अंक तालिकाको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।

अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।

कमजोर छैन इराक
इराकले सन् १९८६ को विश्वकप खेलेको थियो। इराक पाँच पटक फिफा विश्वकपमा सहभागी भइसकेको छ। यस्तै, तीन पटकको एसियन च्याम्पियन पनि हो, इराक। 

सन् २००७ मा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनामले संयुक्त रुपमा आयोजना गरेको एएफसी एसियन कपको उपाधि इराकले जितेको थियो। 

इराकले पनि विश्वकप छनोटका तीन खेलहरु खेल्नुअघि नेपालसँग मैत्रीपूर्ण खेल खेल्दैछ। विश्वकप छनोटको समूह ‘सी’मा इराकसहित बहराइन, इरान, हङकङ र कम्बोडिया छन्।

अहिले इरान समूहको शीर्ष स्थानमा छ। एसियाको उत्कृष्ट टिममध्येको एक इरानले समूहका पाँचमध्ये ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक जोडेको छ।

यस समूहमा बहराइन समान खेलबाट २ मा जित, ३ मा बराबरी खेल्दै ९ अंकसाथ दोस्रो स्थानमा रहेको छ। इराक चार खेलबाट २ मा जित हात पार्दै ६ अंकसाथ तेस्रो स्थानमा छ।

यता, हङकङ ५ खेलबाट १ मा जित २ मा बराबरी खेल्दै ५ अंकको साथ चौथो स्थानमा रहेको छ भने कम्बोडिया समान खेलबाट १ बराबरी, ४ खेलमा हार ब्यहोर्दै १ अंकको साथ पुछारमा छ। 

विश्वकप छनोटसँगै इराकले स्लोभेनियाका सेच्को कटानिचको प्रशिक्षणमा अरेबियन गल्फ कपमा खेलेको थियो।

इराकमा प्रशिक्षण गर्दै नेपाली टिम।

इराक त्यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा बहराइनसँग पेनाल्टी सूटआउटमा पराजित हुँदै बाहिरिएको थियो। 

कटानिचको प्रशिक्षणमा स्लोभेनियाले २००० को यूरो कप खेलिसकेको छ। यस्तै उनकै प्रशिक्षणमा स्लोभेनियाले सन् २००२ को विश्वकप पनि खेलेको थियो। 

उनी सन् २००९ मा यूएईको प्रशिक्षकमा नियुक्त भएका थिए। यूएईले २०११ मा बर्खास्त गरेपछि उनी पुन: स्लोभेनियाको प्रशिक्षक बनेका थिए। 

७ वर्षपछि उनी इराकको प्रशिक्षकमा नियुक्त भएका थिए। सन २०१८ देखि इराकको प्रशिक्षण सम्हालेपछि उनको टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

इराकी टिममा डिफेन्डर अली अडनान छन्। उनी क्यानेडियन क्लब भ्यानकुभर ह्वाइटक्यापबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। भ्यानकुभरले अमेरिकाको मेजर लिग सकर खेल्ने गर्छ। 

यता मिडफिल्डर सफा हडी पनि रसियन क्लबबाट खेल्दै आएका छन् भने कतारी क्लब कतार एससीबाट बासर रेसन पनि खेल्दै आएका छन्।

फरवार्ड मोहनाड अली पनि कतारी क्लब अल सैलियाको टोलीमा छन्। डिफेन्डर रेबिन सुलाका बुल्गेरियाको लेभ्स्की सोफियाबाट खेल्दै आएका छन्। 

यस्तो छ नेपाली टोली
गोलरक्षक :
किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ २६, २०८३
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन' मंगलबार, जेठ २६, २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, जेठ २६, २०८३
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ २६, २०८३
रास्वपाको प्रदेश अधिवेशन आजदेखि मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्