काठमाडाैं- राउण्डटेबल नेपालले 'प्रोजेक्ट लाइफलाइन' अन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड-१९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति आवश्यक पर्ने बीआईपीएपी र एचएफएनसी लगायत उपकरण सहयोग गरेको छ।
यसले आर्थिक अवस्था कमजोर भएका कोभिड-१९ का बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वास लिइएको छ।
राउण्डटेबलले बीआईपीएपी उपकरण दुनै जिल्ला अस्पताल डोल्पा, गमगढी जिल्ला अस्पताल मुगु, कालिकोट जिल्ला अस्पताल, हुम्ला जिल्ला अस्पताल, जाजरकोट जिल्ला अस्पताल, भीमा अस्पताल भैरहवा, सिद्धार्थ महिला तथा बालबालिका अस्पताल बुटवललाई एक/एक तथा पाटन अस्पताल र सेती प्रदेशिक अस्पताल धनगढीलाई दुई/दुई थान हस्तान्तरण गरिएको जानकारी दिएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पताललाई पाँच/पाँच, जे एंड जे क्लिनिक एक र वीर अस्पताललाई दुई वटा नि:शुल्क प्रदान गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।