काठमाडाैं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल/आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई ७ लाख रूपैयाँका दरले ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हाे।
उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।