रुपन्देही- अर्घाखाँची सिमेन्ट प्रालिले सियारी गाँउपालिका वडा नं-२ मैनहियामा स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ। कम्पनीले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो।
नवनिर्मित मैनहिया स्वास्थ्य चौकी भवनको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले गत बुधबार उदघाटन गरेका थिए।
कम्पनीले कूल ७० लाख रूपैयाँको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको जानकारी दिएको छ।
‘मैनहिया गाउँपालिकाका जनसमुदायलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या थियो, नवनिर्मित मैनहिया स्वास्थ्य चौकी भवनले स्वास्थ्य सेवाको पहुँचमा सहज बनाउने अपेक्षा लिएका छौं,’ कम्पनीका निर्देशक अग्रवालले भने। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।