सांकेतिक तस्वीर
काठमाडौं- धरानमा प्रहरी चौकीभित्रै खकुरी प्रहार हुँदा एक प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन्।
बिहीबार साँझ धरान १५ बाझगरामा रहेको प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खाेजेपछि रोक्न खोज्दा चौकी इन्चार्ज असई सुमन दाहाल घाइते भएका हुन्।
उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको सुनसरीका एसपी कमल थापाले जानकारी दिए।
एक हवल्दार जवान भने सामान्य घाइते भएका छन्। करिब एक दर्जन युवाहरुको दुई समूहबीच झडप भएको थियो। त्यसपछि उनीहरु उजुरी दिन आएका थिए।
त्यहीबीच विवाद उत्पन्न हुँदा खुकुरी प्रहार भएकाे हाे।
खुकुरी प्रहारपछि फरार भएका युवाहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।