फाइल तस्वीर
काठमाडौं– चिनियाँ राष्ट्रपछि सी चिनफिङले कोरोना भाइरसविरुद्धको खोप सहायताका लागि नेपाल प्राथमिकतामा रहने बताएका छन्।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले खोप सहायता तथा सहकार्यका लागि नेपाल प्राथमकितामा रहेको बताएका हुन्।
बुधबार राष्ट्रपति भण्डारीसँगको वार्ताका क्रममा सीले चीनका तर्फबाट नेपाललाई थप १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराइने पनि बताएका छन्।
राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले गरेको सहयोगका लागि राष्ट्रपति सीलाई धन्यवाद दिइन्।
राष्ट्रपति भण्डारीले चीनबाट हुने खोप खरिदको प्रक्रिया सहज बनाइदिन समेत राष्ट्रपति सीलाई आग्रह गरिन्।
यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।