काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ। कम्पनीले ‘सचेत बनौं! कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौं’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो।
भिडियोमा कोरोना महामारी नियन्त्रणका लागि सबै जनाले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरिएको छ। यो महामारीमा सबैको पीडा उस्ताउस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीले निर्देशन गरेका छन्। पुष्कर महतौँको स्वर, संगीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।