काठमाडौं- एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ।
ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरू लिनसक्ने कम्पनीले जानकारी दिएको छ। नयाँ वेबसाइटलाई वेब एपको रूपमा स्मार्ट फोनमा राखी उपलब्ध विविध सुविधाहरूको फाइदा लिन सकिने कम्पनीको भनाइ छ।
‘ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्यअनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो। यसैअन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा शतप्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफरहरू रहेको पनि कम्पनीले जानकारी दिएको छ।
‘विशेष अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि दुई जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन्,’ कम्पनीले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।