• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

को हुन् सीसीएमसीको प्रमुख नियुक्त पूर्वरथी बालानन्द शर्मा?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ११, २०७८  १९:२३
1140x725

काठमाडौं– सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ। 

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अध्यादेशमार्फत् जारी नयाँ कानूनी व्यवस्थाअनुसार समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको निर्देशक समितिको नेतृत्व अध्यादेशमार्फत् प्रधानमन्त्री केपी शर्मा ओली आफैले गर्ने व्यवस्था गरिएको छ। अब निर्देशक समिति मातहत रहेर पूर्वरथी शर्माले सीसीएमसीको नेतृत्व गर्नेछन्। उनका सामु कोरोना महामारीसँग जुध्ने नीति र योजना तर्जुमा गर्न सरकारलाई सघाउने र सरकारले त्यसनिम्ति गरेका निर्णय कार्यान्वयन गर्ने चुनौती हुनेछ। उनको नियुक्तिलाई लिएर धेरैले सकारात्मक टिप्पणी गरिरहेका छन्। सामाजिक सञ्जालमा ‘ओली सरकारले पनि काबिल मान्छे चिनेको’ टिप्पणीसमेत भइरहेको छ। यस्तो चर्चा हुनेगरी पूर्वरथी शर्माले यसअघि के चाहिँ गरेका थिए त?

लडाकू समायोजनका कुशल ‘डिजाइनर’
नेपाली सेनाको नेतृत्वको दाबेदार बन्ने तहमा पुगेर सेवानिवृत्त भएका शर्माले त्यसपछि महत्वपूर्ण जिम्मेवारी पाएका थिए। दश वर्षसम्म सशस्त्र द्वन्द्व सञ्चालन गरेको माओवादी भर्खरै शान्तिप्रक्रियामा आएको समय थियो त्यो। शान्तिप्रक्रियाको सबभन्दा पेचिलो विषय नै माओवादीका लडाकूहरुलाई सेनामा कसरी समायोजन गर्ने भन्ने थियो। 

राजनीतिक रस्साकस्सी तीब्र थियो, तर समायोजनको स्वीकार्य खाका बन्न सकेको थिएन। त्यहीबेला सरकारले उनलाई सेना समायोजन विशेष समिति सचिवालयको संयोजक बनाउने निर्णय गर्‍यो। त्यो प्रधानमन्त्रीको अध्यक्षतामा रहने समिति थियो, जसमा दलक नेताहरु नै सदस्य थिए। शर्माले ती सबैलाई ‘कन्भिन्स’ गरेर समायोजनको खाका बनाउने, सेना र माओवादी लडाकूलाई पनि चित्त बुझ्नेगरी काम अघि बढाउने जिम्मेवारी पाए।

माओवादी लडाकूको नेपाली सेनामा समायोजन प्रक्रियालााई धेरैले ‘चमत्कार’का रुपमा चर्चा गर्ने गर्छन्। किनभने समायोजना प्रक्रिया त्यति चाँडै र त्यति सजिलै टुंगिएला भन्ने विश्वास धेरैलाई थिएन। पहिलो चरणमा प्रमाणीकरणमा समेटिएका करिब ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र बाँकीलाई पनि शान्तिप्रक्रियामा जोखिम नहुनेगरी घर फर्काउनु आफैंमा महत्वपूर्ण उपलब्धि थियो। यसमा मुलतः शर्माकै भूमिका थियो। निर्णय राजनीतिक तहबाट भए पनि त्यसका लागि योजना बनाउन उनले नै भूमिका खेलेका थिए। त्यसबेला विशेष समितिका सदस्य रहेका एक नेता भन्छन्, ‘उहाँको क्षमता, शैली र स्वभावले पनि यसमा सकारात्मक प्रभाव पार्‍यो। बालाजर्साबको ठाउँमा अर्को मान्छे भइदिएको भए परिणाम यति सहज नहुन पनि सक्थ्यो।’

झण्डै प्रधानसेनापति !
शर्मा नेपाली सेनामा प्रधानसेनापतिपछिको पद, रथीबाट निवृत्त भए। रोचक चाहिँ उनी त्यसबेला ‘झण्डै’ प्रधानसेनापति भइसकेका थिए। 

नेपालमा २०६२/६३ को जनआन्दोलन भर्खरै सकिएको थियो। आन्दोलनको राप र ताप यति थियो कि त्यही जगमा पुन:स्थापित प्रतिनिधि सभाबाट प्रधानमन्त्रीमा निर्वाचित भएका गिरिजाप्रसाद कोइराला शक्तिशाली थिए। जनआन्दोलनमा भएको व्यापक दमन छानविनका लागि गठित रायमाझी आयोगले तत्कालीन प्रधानसेनापति प्यारजंग थापालगायतलाई कारबाहीको सिफारिस गरेको थियो। सेनापति बन्ने लाइनमा थिए, रथी रुक्मांगद् कटवाल।

Ncell 2
Ncell 2
nimb
nimb

तर, कटवाललाई ‘दरबारको मान्छे’ भन्दै धेरैले संशय व्यक्त गरिरहेका थिए। त्यसमध्ये भर्खरै हिंसात्मक विद्रोह छाडेको माओवादी प्रमुख थियो। त्यो अवस्थामा प्रधानमन्त्री कोइरालाले कटवाललाई छाडेर शर्मालाई प्रधानसेनापति बनाउनेगरी कुरा अघि बढाए।

शर्मा त्यतिबेला संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा सिरियाको गोलान हाइटमा कार्यरत थिए। उनलाई गिरिजाप्रसादको खबर गयो– ‘इच्छुक भए हामी सेनापति बनाउन तयार छौं।’ 

तर, शर्माको जवाफ अपेक्षित थिएन। उनले त्यसलाई स्वीकार गरेनन्। त्यसबेला उनले दिएको जवाफ उद्धृत गर्दै कोइरालासँग नजिक रहेका नेपाली कांग्रेसका एक नेताले त्यसबेला सुनाएका थिए, ‘सेनामा सिनियरिटीको ठूलो अर्थ हुन्छ, मभन्दा सिनियर अर्को जर्साब (कटवाल) हुनुहुन्छ। उहाँ हुँदाहुँदै मैले प्रधानसेनापति बन्ने इच्छा देखाउन मिल्दैन। यस्ता कुरा नगरिदिनुस्।’

त्यसपछि कोइरालाले पनि कटवाललाई ‘कारबाही’ गरेर शर्मालाई प्रधानसेनापति बनाउने आँट गरेनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फेरि प्रधानमन्त्री मातहत
सेना समायोजन विशेष समितिको संयोजक प्रधानमन्त्री रहने व्यवस्था थियो। विशेष समिति सचिवालय संयोजक भएर पूर्वरथी शर्माले गरेको कामले सफल नतिजा दियो। त्यसबेला उनले धेरै जना प्रधानमन्त्रीको मातहत रहेर यो जिम्मेवारी बहन गरे। 

संयोग ! उनले फेरि एक पटक प्रधानमन्त्री नै प्रमुख रहने समिति मातहत रहेर आफ्नो क्षमता सिद्ध गर्ने अवसर पाएका छन्। तर, भूमिका धेरै फरक छ। त्यसबेला हिंसाको राजनीति सँधैका लागि अन्त्य गरेर शान्ति प्रक्रिया सफल पार्ने भूमिकामा उनी केन्द्रित थिए। शान्त भएर सोच्ने, त्यसअनुसार योजना बनाउने र कार्यान्वयनमा लैजाने मौका थियो। यसपालि उनी निकै शक्तिशाली देशहरुले समेत काबु पाउन नसकिरहेको महामारीसँग जुध्ने भूमिकामा केन्द्रित हुनुपर्नेछ। त्यो बेला जस्तो समय छैन, धेरै कुरा तत्काल अघि बढाउनुपर्नेछ। र, यो अरु युद्धभन्दा निकै फरक छ। शर्माले पनि आफूमा चुनौतीपूर्ण जिम्मेवारी आइलागेको बताए। उनले नेपाल लाइभसँग भने, ‘जिम्मेवारी चुनौतीपूर्ण भए पनि आफूमाथि गरिएको विश्वासलाई न्याय गर्ने प्रयास गर्छु।’

शर्माले बुधबारदेखि नै 'अफिस सेटअप'मा लाग्ने र बिहीबारदेखि काम शुरु गर्ने तयारी गरेको बताए। रक्षा मन्त्रालय रहेको पुतली बगैचास्थित भवनमा कार्यालय स्थापना गर्न लागिएको उनले जानकारी दिए।

‘सचिवालयदेखि सिचुएसन सेन्टर सबै त्यहीँ तयार गर्ने योजनामा छु, हामीलाई स्थानीय सरकारदेखिका सूचना पनि चाहिन्छ, योजना कार्यान्वयनका लागि स्थानीय सरकारसम्म दोहोरो संवाद पनि आवश्यक पर्छ’, उनले भने।

अहिले हरेक घण्टा क्रिटिकल आवर भएको उल्लेख गर्दै उनले हरेक घण्टा दिनुपर्ने उपचार र हेरचाहसँगै रोकथाम र नियन्त्रणसम्ममा केन्द्रित हुनुपर्ने बताए। ‘संक्रमण भइसकेपछि उपचारको कुरा त छँदैछ’, उनले भने, ‘मुख्य त खोप नै हो, निदान पनि त हुनुपर्यो। हामी जाने त्यही बाटोमा हो, त्यसकै लागि योजना बनाउँछौं।’ 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्