• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नुभिव मृत्यु घटना : मदिरा विवादले निम्त्याएको हत्या!

तीन जना मिलेर कुटपिट, टाउकाको चोटका कारण मृत्यु
64x64
नारायण अधिकारी सोमबार, जेठ १०, २०७८  २०:००
1140x725

काठमाडौं- काठमाडौंबाट वैशाख ३ मा वेपत्ता भएका १९ वर्षीय नुभिव उप्रेती भोलिपल्ट पोखराको फेवातालमा मृत फेला परे। उनको मृत्यु नभइ हत्या भएको र हत्यामा प्रहरीले गतिलो अनुसन्धान नगरेको भन्दै पीडित परिवारले प्रहरीमाथि शुरुवाती आरोप लगाएका थिए।

सीसीटिभी फुटेज समेत गायब बनाएको, फितलो मुद्दा चलाएर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको पीडित परिवारको आरोप थियो। तर, घटनाको मिहिन अनुसन्धान गरेको दाबी गर्दै कास्की प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर अदालतमा उपस्थित गरायो। अहिले उनीहरुलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि काराकार पठाउने आदेश दिइसकेको छ। 

नुभिवकी आमाले छोराले मदिरा सेवन नगर्ने दाबी गर्दै आएकी छिन्। तर, प्रहरी अनुसन्धानले यो घटना मदिराबाटै उत्पन्न विवादबाट भएको निष्कर्ष निकालेको छ। नुभिव मदिराले मात्नु र हाल थुनामा रहेका तीन जना पनि मदिराले मातेपछि उत्पन्न विवादका कारण नुभिवमाथि निर्घात कुटपिट गर्नु र सोही कारण उनको ज्यान जानु प्रहरी अनुसन्धानको निष्कर्ष छ।

नुभिव वेपत्ता भएदेखि उनको हत्या र तीन जना पुर्पक्षका लागि थुनामा गएको घटनासम्म गरिएको प्रहरी अनुसन्धानबारे हामीले केलाउने प्रयास गरेका छौं।

000

पोखराको फेवातालस्थित बाराही मन्दिर नजिकै वैशाख ४ गते बिहान ६ः४५ मा एउटा शव भेटियो। नेपाली सेनाको रेस्क्यू टोलीमार्फत् उक्त शव तालबाट बाहिर ल्याइयो।

बाँया हातमा ‘राडो’ लेखेको घडी, ट्र्याकको खल्तीमा नुभिव उप्रेती नामको स्मार्ट लाइसेन्स र नगद २ सय रुपैयाँ शवसँगै फेला पर्‍यो। प्रहरीले घटनास्थल तथा लास जाँच मुचुल्का तयार पारेसँगै नुभिवका आफन्तको खोजी शुरु गर्‍यो। खोजीका क्रममा पत्ता लाग्यो– आमा भीमा मैनाली भनिने भगवती कुमारी मैनालीको मोबाइल नम्बर।

भीमालाई फोन गरेर प्रहरीले नुभिवको बारेमा बतायो। नुभिव अघिल्लो दिन काठमाडौंबाट हराएका थिए।  तर, पोखराबाट प्रहरीले मृत फेला परेको बताउँदा शुरुमा भीमाले विश्वास गरिनन्। प्रहरीलाई फोटो पठाउन आग्रह गरिन्। भीमाले जे नहोस् भनेर सोचेकी थिइन्, त्यही प्रमाणित भयो। प्रहरीले पठाएको मृतकको फोटो भीमाकै १९ वर्षीय छोरा नुभिवको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

000

वैशाख ३ गते बिहान १० बजे नुभिवले बाबु रत्नप्रसाद उप्रेतीलाई मोटरसाइकल पछाडि राखि खुमलटारस्थित घरबाट कुमारीपाटीस्थित सिटिजन कलेज अघि पुर्‍याएका थिए। त्यसपछि मोटरसाइकल लिएर बाबु सेयरको कारोबार गर्न नयाँ बानेश्वरतर्फ लागे। नुभिव भने आफ्नो कलेज छिरे। तर, साँझसम्म उनी घर फर्किएनन्। मोबाइलमा सम्पर्क गर्दा स्वीच्ड अफ भएको संकेत मात्रै आइरह्यो।

कलेजको गार्डलाई सम्पर्क गर्दा नुभिवका बारेमा केही थाहा नभएको जवाफ आयो। त्यसपछि परिवारका सबै सदस्य मिलेर उनको खोजी थाले। आफन्त, साथीभाइ सबैतिर बुझ्दा पनि नुभिवबारे परिवारले केही जानकारी पाएन।

नुभिवको खोजीमा रात बिताएका परिवारका सदस्यले भोलिपल्ट बिहानै अकस्मात दुःखद् खबर सुने। प्रहरीबाट जानकारी आउनासाथ उनीहरु जहाजमार्फत् काठमाडौंबाट पोखरा गए। नुभिवको मृत्यु स्वभाभिक नभएको भन्दै अनुसन्धान र कारबाहीको माग गर्दै उनीहरुले प्रहरीमा जाहेरी दिए।

नुभिव हत्याको कारण बन्यो मदिरा
काठमाडौंबाट एक्लै पोखरा पुगेका नुभिवको मृत्यु रहस्यमय भएको र यसको छानबिन हुनुपर्ने भन्दै आमा भीमाले कास्की प्रहरीमा जोहरी दिएकी थिइन्। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या आरोपमा बिगेन गुरुङ, बासुदेव गुरुङ र अर्का एक नाबालकलाई पक्राउ गरी अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा उनीहरुले राति नुभिवलाई कुटपिट गरेको र भोलिपल्ट बिहान फेवा तालमा शव भेटिएको खुल्यो।

प्रहरीले उनको हत्याको मुख्य कारण मादक पदार्थ सेवन भएको निष्कर्ष निकालेको छ। पोखराको रात्रीक्लबमा छिरेका नुभिव मादक पदार्थको नशामा रहेको र मादक पदार्थकै नशामा डुबेका अन्य व्यक्तिसँग उनको विवाद हुँदा कुटपिटपछि नुभिवको मृत्यु भएको प्रहरी अनुसन्धानको रिपोर्ट छ।  

नुभिव एक्लै काठमाडौंबाट पोखरा गएको पनि अनुसन्धानबाट खुलेको छ। नयाँ वर्ष मनाउनका लागि उनी पोखरा आएको हुनसक्ने प्रहरीको भनाइ छ। यद्यपी, उनी किन पोखरा गए भन्नेबार न परिवारलाई थाहा छ, न नुभिवले पोखरा जानेबारे कोही साथीहरुलाई बताएका थिए।

नुभिव राति साढे ८ बजे ट्याक्सीमार्फत् पोखराको होटल वेलकम इनमा पुगेको अनुसन्धानबाट खुलेको छ। उनले २०३ नम्बर कोठा बूक गरे। नुभिवले मुक्तिनाथ विकास बैंकमा रहेको आफ्नो खाताबाट मोबाइल बैंकिङमार्फत्  होटलका सञ्चालक राजाराम उप्रेतीको खातामा ७ हजार रुपैयाँ ट्रान्सफर गरेका समेत देखिएको छ। नुभिवले पठाएको ७ हजारमध्ये २ हजार रुपैयाँ मात्रै आफूले लिएर बाँकी ५ हजार त्यति बेलै नुभिवलाई नै दिएको राजारामले प्रहरीलाई बयान दिएका छन्। कोठा बूक गरी २ हजार होटललाई दिएर बाँकी ५ हजार नगद बोकेर निस्किएका नुभिव त्यो राति होटलमा नफर्किएको पनि राजारामले प्रहरीलाई दिएको बयानमा बताएका छन्। 

होटलबाट निस्केपछि नुभिवले लेकसाइड हल्लनचोकमा रहेको एसएमएस लिक्वर शप गइ मोटरसाइकल भाडामा लिएको पाइएको छ। नुभिवले उक्त शपका सञ्चालक श्रीराम पोखरेललाई ३ हजार रुपैयाँ दिएर ग ११ प ६३८४ नम्बरको बुलेट मोटरसाइकल भाडामा लिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। 

त्यसपछि भने नुभिव विभिन्न क्लबहरुमा पुगेको प्रहरीले जनाएको छ। राति ११ बजेतिर नुभिवलाई किङ्ग लाउन्जमा देखेको भनेर सोही लाउन्जमा आएका एक ग्राहकले कागज गराएका छन्।  

‘राति ११ बजेतिर किङ्स लाउन्ज एण्ड बारमा म बियर पिइरहेको थिएँ। अर्का एक जना व्यक्ति पनि म बसेकै टेबलमा आएर बियर पिए। उनले आफ्नो नाम नुभिव भएको बताएका थिए’, किङ्स लाउन्जमा आएका ग्राहक आशिष रानाभाट भन्ने सविन सापकोटाको नाममा प्रहरीले गराएको कागजमा उल्लेख छ। 

३ बजेतिर भने नुभिव ट्रेजर लाउन्जमा गएको गएको देखिएको छ। नुभिवको हुलिया बताएपछि ट्रेजर लाउन्जका ग्राहकले उनी आएको पुष्टि गरेका छन्।

‘३ बजे क्लब बन्द भएपछि मान्छेहरु निस्किए। तर, रक्सीले झ्याप भएका नुभिव भित्र पस्न खोजेपछि रोकको हो। उनले आफ्नो हेल्मेट र ब्याग भित्र छ भनेका थिए। भित्र छैन तिमीले कतै छाडेर बिर्सेको हुनसक्छ पनि भनेका थियौं’, ट्रेजर लाउन्जमा सेक्युरेटी गर्ने आर्यन सुनारले प्रहरीलाई दिएको बयानमा भनेका छन्। 

नुभिवले हाँक्न खोजेको मोटरसाइकल प्रहरी नियन्त्रणमा 
ट्रेजर लाउन्जमै आएका अर्का ग्राहक सन्देश हमाल रक्सी लागेपछि आफ्नो ग १७ प ११९८ नम्बरको बुलेट मोटरसाइकल ट्रेजर क्लब अगाडि राखेर गाडीमार्फत् होटल गएर सुतेका थिए।

भोलिपल्ट बिहान साढे ७ बजेतिर पार्किङमा राखेको मोटरसाइकल नदेखेपछि सन्देश बिहान ९ बजेतिर वडा प्रहरी कार्यालय बैदाम आई आफ्नो मोटरसाइकल हरायो भनेर विवरण टिपाए। 

त्यसको केही समयमै बैदाम प्रहरीले उक्त विवरणको मोटरसाइकल सामुदायिक प्रहरी हल्लनचोकमा राखेको बतायो। ‘प्रहरीसँग बुझ्दा नुभिव उप्रेतीले आफ्नो बाइक ठानी मेरो बाइक स्टार्ट गर्न लागेपछि प्रहरीले ओभर ड्रंक भएकोले बाइक चलाउन सक्दैन भनि चाबी लिएर मोटरसाइकल नियन्त्रणमा राखेको रहेछ’ सन्देशले बयानमा भनेका छन्।

नुभिवको मृत्यु भएपछि त्यसराति उनी कहाँ कहाँ गएका रहेछन्, कसकसले देखेको रहेछ भन्नेबारे प्रहरीले क्लबमा आएका ग्राहक आशिष रानाभाट भनिने सबिन सापकोटा, क्लबका सुरक्षा गार्ड आर्यन सुनार र सन्देश हमालसँग सोधपुछ गरेको थियो। सो क्रममा उनीहरुले नुभिवको मुभमेन्ट प्रहरीलाई बताएका थिए।

तीन जना मिलेर कुटपिट 
ट्रेजर लाउन्जमा नुभिवलाई तीन जना मिलेर कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ। हाल पुपक्षमा रहेका बासुदेव, बिगेन र सुनिल .(१८ वर्षका बालक– नाम परिर्वतन)ले नुभिवलाई कुटपिट गरेको देखिएको हो। सीसीटिभी फुटेजमा समेत कुटपिट गरेको देखिएको छ। नुभिवलाई कुटपिट गरेको कुरा तीनै जनाले प्रहरीसमक्ष स्वीकार पनि गरेका छन्। 

बिगेन, बासुदेव र सुनिल पनि रक्सीले मातेको र सो क्रममा भनाभन हुँदा नुभिवलाई उनीहरुले कुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरी समेत ट्रेजर लाउन्जमा गई सम्झाई बुझाई गरी उनीहरुलाई पठाएको थियो।
त्यसपछि नुभिव बाराही चोकतर्फ लागे। तीन जना घर जान भनि सेन्टर प्वाइन्टतर्फ लागे। फेरि बाराही चोकमा तीन जनाले नुभिवलाई देखे।

‘अघि हामीसँग झगडा गर्ने केटा यहाँ आइपुगेछ भनेर तीनै जना मिलेर उसलाई कुटेका हौं’ उनीहरुले बयानमा भनेका छन्, हातले, लात्ताले, हेल्मेटले समेतले हान्दा ऊ भुईंमा ढलेको थियो।’

उनीहरुले नुभिवलाई कुटपिट गरेपछि प्रहरी पुनः उक्त ठाउँमा पुगेको थियो। प्रहरीले सम्झाई बुझाई गरेर छाडेको ट्याक्सी चालक सरोज भट्टराईको भनाइ छ।  यो करिब साढे ३/४ बजे तिरको कुरा हो। बिहान ६ बजेतिर उनै नुभिवको शव फेवातालमा फेला परेको थियो। उनको पोष्टमार्टम रिपोर्टमा टाउकामा भएको चोटका कारण मृत्यु भएको उल्लेख छ। तालमा भेटिए पनि उनको पेटमा पानी नभएको रिपोर्ट छ। 

मत्युअघि आमा र साथीलाई फोन-मेसेज
घटना भएको राति २ बजेर २६ मिनेटमा नुभिवले आमालाई पहिलो मेसेज पठाएको पाइएको छ। प्रहरीका अनुसार जहाँ लेखिएको थियो– ‘मोबाइल बैंकिङको कोड र अन्य एपको पासवर्ड।’ सवा ३ बजेतिर आमालाई नुभिवले पुनः मेसेज गरेका थिए, ‘आइ एम रियल्ली सरी। आइ कान्ट टक टु यू, म पोखरामा छु।’ 

यी मेसेजबाट पनि उसलाई ट्रयाप्पमा पारेर मारिएको दाबी आमा भीमाको छ। उनको मत्यु स्वभाविक नभएर हत्या भएको दाबी गर्दै भीमाले जाहेरी दिएकी थिइन्।

नुभिवले आफ्ना साथी सुशान्त सुब्बालाई राति साढे २ बजे इन्स्टाग्राममा फोन गरेको पाइएको छ। सुब्बा सुतिसकेकाले उक्त फोन भने सिरिभ हुन पाएन। 

नुभिवले आफ्ना अर्का साथी विप्लव अधिकारीलाई पनि इन्स्टाग्राममा साढे २ बजेतिर नै फोन गरेका रहेछन्। विप्लवको पनि फोन उठेन। बिहान उठेर इन्स्टग्राम हेर्दा विप्लवले देखे, ‘हेल्प मी, आउट टु गेट माइ बाइक। आइ गट द रोयल इन्फिल्ड हियर इन पोखरा।’

यी मेसेज, फोन, इन्स्टाग्रममा राखेको स्टोरीबाट नुभिवलाई ट्रयाप्पमा पारेर मारिएको पुष्टि हुने दाबी आमा भीमाको छ। आमा भीमाले शुरुमा प्रहरीले आत्महत्या भनेर घटना दबाउन खोजेको सीसीटिभी फुटेज समेत गायब बनाएकोसम्म आरोप लगाएकी  थिइन्। तर, कास्की प्रहरीले भने उक्त घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरेर तीन जनाविरुद्ध मुद्दा चलाएको जनाएको छ।

तीन जना पुर्पक्षका लागि कारागार चलान
नुभिव हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले एक जना नाबालक भएकाले सुधार गृह र बाँकी दुई जना बासुदेव र बिगेनलाई कारागार पठाउने निर्णय गरेको हो। 

विभिन्न व्यक्तिहरुको बयान, कुटपिटको सीसीटिभी फुटेज, अटप्सी रिपोर्टमा टाउकोमा घाउचोट देखिनु, मृत्युको कारणमा टाउकाको चोट उल्लेख हुनु, प्रतिवादीहरुले कुटपिट गरेको स्वीकार गर्नु, मृतक जहाँ पुगेको छ त्यहीँ पुगेर कुटपिट गरेको देखिनु, तालमा शव फेला पर्दा पनि पेटमा पानी नदेखिनुले नुभिवको कुटपिटबाटै हत्या भएको हुनसक्ने भन्दै उनीहरुलाई थुनामा पठाउने आदेश अदालतले गरेको हो।

आरोपितहरुको बयान- कुटपिट गरेका हौं, हत्या गरेका होइनाैं
वैशाख ३ गते करिब १० राति हामी तीन जना बिगेन गुरुङ र बासुदेवसँगै सुलिन (नाम परिर्वतन) लेकसाइडको क्लब जाने भनि गएका थियौं।  लेकसाइडको द यात्रा होटल अगाडि वाइन शपमा गई हामी (बिगेन र बासुदेव)ले एक एक वटा क्यान बियर पियौं। तर, सुनिलले केही पनि खाएनन्। हामी उक्त वाइन शपमा करिब डेढ घण्टाजति बस्यौं। त्यसपछि ट्रेजर लाउन्जतिर गयौं। 
सुनिलले त्यहाँ हटलेमन, बिगेन र बासुदेवले १ बोतल बियर पियौं। क्लबको माथिल्लो फ्लोरमा बसेर डान्स हेर्‍याैं। वैशाख ४ गते बिहान करिब ३ बज्न लागेको थियो क्लबको म्युजिक बन्द भयो। घर जान थलेको बेला बिगेनले चिनेको मान्छे भेटी कुरा गर्न लाग्यो। बासुदेव र म बाहिर निस्की कुरेर बस्यौं।
त्यसैक्रममा रातो–रातो चेकसर्ट लगाएको १ जना केटा ओभर ड्रंक भई ल्याङ्–ल्याङ् गर्दै क्लबभित्र मेरो सामान छुटेको छ, लिन जान्छु भन्दै जबरजस्ती भित्र प्रवेश गर्न खोज्दै थियो। सेक्युरिटी गार्डले भित्र जानबाट रोकेका थिए। क्लबभित्र जान रोकेकाले उक्त केटाले सेक्युरिटी गार्डलाई नै हातपात गर्न खोजी बाइक र मेरो सामानबिना म जान्न भन्दै थिए। सुनिल क्लबको गेट नजिकै उभिएर बसेका थिए। उनलाई देखेपछि एक्कासी जंगिदै आई पिट्यो।
सोही क्रममा प्रहरी टोली आइ उनलाई सम्झाइ/बुझाइ गरी बाराहीचोकतर्फ पठाएका हुन्। त्यसपछि हामी तीनजना घरतर्फ लाग्यौं। सेन्टरप्वाइन्ट हुँदै बाराहीचोकतर्फ जाँदै गर्दा बाराहीचोक पुग्दा त्यही केटालाई देख्यौं। हामीलाई कुट्ने केटा यहाँ आइपुगेछ भनि सुनिलले देखाए। 
वासुदेवले त्यो केटालाई भित्र गल्लीतर्फबाट तानेर बाराहीचोक सडकतर्फ ल्याइ हात र लात्तीले हाने। त्यसपछि सुनिलले पनि हातपात¸ कुटपिट गरे। बिगेन गुरुङले हातले कुटपिट गरी हेल्मेट समेतले हान्दा ऊ भूइँमा ढलेको थियो। केटा भूइँमा लड्ने क्रममा त्यसको साथमा भएको मोबाइल फोन, पैसा र लाइसेन्स खसेको थियो। 
सोही क्रममा ट्याक्सी चालक सरोज भट्टराई दाइ पनि आइपुगेर प्रहरीलाई खबर गर्नुभएको हो। प्रहरी टोली आइपुगेपछि उक्त केटा उठेर जान लाग्दै गर्दा प्रहरीले ‘ए यो केटा त फेरि यहाँपनि आइपुगेछ’ भन्दै हुनुहुन्थ्यो। 
सो पश्चात् प्रहरीले यहाँ के भएको हो¸ कोही कसैले झगडा गरेको हो? भन्दा त्यो केटाले होइन, केही भएको छैन, सामान्य हो भनेका थिए। प्रहरीले ए भाइ तिम्रो कोठा कता छ भन त हामी तिमीलाई पुर्‍याइदिन्छौं भन्दा म ठिक छु, जान सक्छु भन्दै गएका हुन्। प्रहरीले मोबाइल, पैसा र लाइसेन्स उसकै हातमा राखिदिई सम्झाइ/बुझाइ गरी पठाएका हुन्। 
सोपश्चात् हामीहरू १३ नं स्ट्रिटको बाटो हुँदै आ–आफ्नो घर गई सुतेका हौं। हामीले कुटपिट गरेको केटा नुभिव उप्रेती ६ः४५ बजेको समयमा तालबाराही मन्दिर नजिक पानीमा डुबी मृत्यु भएको अवस्थामा मृत लास फेला परेको भन्ने कुरा प्रहरीको नियन्त्रणमा आइसकेपछि मात्र थाहा पाएका हौं।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्