काठमाडौं- कोभिड-१९ को बढेसँगै अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीको व्यवस्थापनमा समस्या भइरहेका बेला उपाय सिटी कार्गोले निःशुल्क अक्सिजन सिलिण्डर ढुवानी सेवा प्रदान गरिरहेको छ।
निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार-पोसार गर्न सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई परेको समस्यालाई मध्यनजर गरी निःशुल्क ढुवानी सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ।
उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आबद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरूमार्फत् हाल काठमाडौं, पोखरा तथा बुटवल–भैरहवामा निःशुल्क सेवा दिँदै आएको जनाएको छ।
‘हामीले मे २३ सम्ममा ५१२ भन्दा बढी अक्सिजन सिलिन्डर डेलिभर गरिसकेका छौं। हाम्रो सञ्जालमा आबद्ध २० जना टाटा गाडीका सवारीधनीहरूले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै दुवानी सेवा दिइरहनुभएको छ,’ उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर अमिगो खड्काले भने। कम्पनीले २४ सै घण्टा सेवा दिइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।