काठमाडाैं- नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म नि:शुल्क भ्वाइस कल सुविधा दिने भएको छ।
यो सुविधा दिनको लागि टेलिकमले आइतबार नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्सँग सम्झौता गरेको हाे।
टेलिकमका अनुसार पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइएकाे छ।
टेलिकमका नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन। पोष्टपेड प्रयोगकर्तालाई नियम अनुसार मासिक रेन्टल चार्ज मात्रै लाग्ने टेलिकमले जनाएको छ।
स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने टेलिकमले जनाएको छ। आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले आफू सदस्य रहेको संस्थाको सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
यसबाहेक आफ्नो नाममा टेलिकमको सिम नरहेका स्वास्थ्यकर्मीले आफू सदस्य रहेको संस्थाको परिचय पत्रको आधारमा निःशुल्क नयाँ सीमकार्ड तत्कालै लिन सक्ने पनि टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।